images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ करोड रुपैयाँ खर्च गरेर मुख्य सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती)’ जडान गर्ने काम थालेको छ । महानगरले साँझ वा रातको समयमा यातायातको सहज आवागमन तथा हिडडुँल गर्न सहज बनाउने उद्देश्यले सडक बत्ती जडानको काम सुरु गरेको हो ।

महानगरले नेपाल विद्युत् प्राधिकरण र सडक विभागको सहकार्यमा काठमाडौँका मूख्य सडकलाई स्मार्ट स्ट्रिट लाइटमार्फत् झिलिमिली बनाउने काम गरिरहेको छ ।

स्मार्ट स्ट्रिट लाइट जडान गर्नका लागि ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता गरिएको छ ।

५० प्रतिशत काम सम्पन्न

महानगरले हालसम्म सडक बत्ती जडान गर्ने काम ५० प्रतिशत बढी सकाएको छ । महानगरका अनुसार हालसम्म १ हजार ३७ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरिसकिएको छ । महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा र चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएको छ ।

साथै, फराकिलो सडकमा १२० वाट र साँघुरा सडकमा ९० वाटका बत्ती जडान गरेको छ । अध्ययनअनुसार यस सडकखण्डमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ गरी जम्मा १ हजार ७२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो । तर, काम गदैँ जाँदा अनुमानभन्दा केही कम बत्ती जडान गरिएको उनले बताए ।

काम गर्दा पुराना पोलमा केही बत्ती राखिएको पनि उनले जानकारी दिए । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ १७७ वटा पोल थपिएको छ भने बत्ती जडान गर्न ३० हजार ७१० मिटर तार प्रयोग भएको छ ।

स्मार्ट लाइट जडान गर्न वा सोलार प्यानललाई पुनः प्रयोगमा ल्याउन नसकिने ४२१ वटा हटाइएको छ । यी प्यानल महानगरपालिका, विद्युत प्राधिकरण र निजी क्षेत्रले पोल गाडेर राखेका थिए ।

बाँकी काम ४ महिनाभित्र सम्पन्न गर्ने

महानगरपालिकाभित्र स्मार्ट सडक बत्ती जडानको काम २०८१ बैशाखभित्र सम्पन्न गर्ने गरी २०८० बैशाख २५ गते सम्झौता भएको थियो । बाँकी ४० प्रतिशत काम ४ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको महानगरले जानकारी दिएको छ ।

महानगरले अझै लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म र चाबहिलदेखि जोरपाटीसम्मका सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने छ ।

यसैगरी, प्राधिकरणले सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit