विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०० मेगावाट विद्युत प्रवाह क्षमता भएको १३२ केभी कोहलपुर-नेपालगन्ज प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले बाँकेको बैजनाथ गाउँपालिका-५ रंगिलाचोकमा रहेको १३२ केभी कोहलपुर-महेन्द्रनगर डबल सर्किट लाइनको १९ नम्बर टावरदेखि सोही जिल्लामा निर्माण हुने १३२/३३ केभी सबस्टेसनसम्म निर्माण गर्न लागेको हो ।

डबल सर्किट लाइनलाई मल्टी सर्किट टावर मार्फत लुप इन लुप आउट गर्ने गरी निर्माण गर्ने तयारी थालेको प्राधिकरणले जनाएको छ । यस आयोजना अन्तर्गत जानकी गाउँपालिकामा १३२/३३/११ केभीको जानकी सबस्टेसन निर्माण गरिनेछ ।

प्राधिकरणले अध्ययन पूरा भएको आयोजनाको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले सूचना प्रकाशित गरेर आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह गरेको छ ।

११ किलोमिटर लामो लाइनमा १५ वटा एङगल टावर र १९ वटा सस्पेन्सन टावर रहनेछ । जमिनको सतहबाट टावरको उचाइ ३२ देखि ४० मिटरसम्म हुनेछ । टावरहरूबीचको दुरी १७१ मिटरदेखि ३६६ मिटरसम्म हुनेछ ।  प्रसारणलाइनको क्षेत्रधिकार न्युनतम दुरीमा नघटाइ १८ मिटर हुनेछ । मध्यबिन्दुबाट ९/९ मिटर दायाँ÷बायाँ कायम हुनेछ ।

प्रसारणलाइन आर्थिक वर्ष २०८२/०८३ मा पूरा गर्ने लक्ष्य छ । यो प्रसारण लाइन पूरा भएपछि २०० मेगावाटसम्म विद्युत प्रसारण गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit