विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दाेलखाकाे खानी खाेलामा ४० मेगावाटकाे खानी खाेला-१ जलविद्युत् आयाेजना निर्माण गरिरहेकाे ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडले माघ २३ गते (आज) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले सय रुपैयाँ मूल्य अंकित ३४ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको हो ।

यसअघि आयोजना प्रभावित स्थानियलाई आइपिओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न लागेको छ । कूल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामुहिक लगानीकोषका लागि र ६९ हजार ९२८ कित्ता सेयर कम्पनीका कर्मचारीमा बाँडफाँड गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणमा निष्कासन गरेकाे जनाइएकाे लछ ।

आइपिओ किन्न न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

आइपिओ बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर सफ्टवेयर र मेरो सेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ । आइपिओ बिक्री गर्न कम्पनीले गत माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई पनि सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

अहिले आयाेजनाकाे निर्माण आधाभन्दा बढी पूरा भएकाे छ । दाेलखाकाे तत्कादीन मार्बु गाविसमा निर्माण भइरहेकाे आयाेजनाबाट उत्पादित विद्युत सिंगटी-लामाेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट काठमाडाैंसम्म ल्याइनेछ । प्रसारण लाइन भने अहिलेसम्म पूरा भएकाे छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit