विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३ लाख २५ हजार १ सय ६५ जनाले ग्रीन लाइफ हाइड्रो पावर कम्पनीको सेयर हात पारेका छन् । १३ लाख २२ हजार ९ सय ७१ आवेदक मध्ये यतिले कम्पनीको सेयर प्राप्त गरेका हुन् ।

कम्पनीले शुक्रबार दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरेको हो । मागभन्दा करिब ७ गुणा बढी आवेदन परेकाले गोला प्रथाबाट सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलले कम्पनीको सेयर लगानीकर्तामा बाँडफाँड गरेको हो । ३ लाख २५ हजार १ सय ६५ जनालाई १० कित्ताका दरले वितरण गरेर बाँकी रहेको २ कित्ता सेयर २ जनालाई एक एक कित्ता बाँडएको छ ।

कम्पनीले गत माघ २३ गतेदेखि सर्बसाधारणका लागि सेयर निष्कासन गरेको थियो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन भई बिक्री हुन नसकेको १६ लाख ८६ हजार ४ सय  कित्ता सेयरसहिन ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गरिएको थियो ।

निष्कासन भएको कूल सेयरमध्ये १ लाख ७४ हजार ८ सय २० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । ६९ हजार ९ सय २८ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीमा बाँडफाँट गरिएको छ ।

साधारण सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड पुगेको छ । कम्पनीले दोलखामा निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेको छ । यो आयोजनाबाट चालू आर्थिक वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit