विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तनहुँको देवघाट र नवलपुरको गैँडाकोटमा पर्ने कालीगण्डकी नदीमा ३८.१६ मेगावाटको आंशिक जलाशय जलविद्युत् आयोजना निमार्ण हुने भएको छ । मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले उक्त आयोजना विकास गर्ने भएको हो । यसका लागि अनुमति माग्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए रिपोर्ट) समेत तयार गरी विद्युत् विकास विभागमा अनुमतिका लागि आवेदन दिएको विभागले जनाएको छ ।

आयोजनाको बाँध संरचना, विद्युत्गृह र टेलरेस देवघाट गाउँपालिका वडा नम्बर १, ४, ५ तथा गैँडाकोट नगरपालिका–३ मा पर्दछ । आयोजनाको इआइए प्रतिवेदन अनुसार आयोजना विद्युत्गृहमा पानी फर्काउन कालिगण्डकी नदीमा १०६ मिटर लम्बाई र १७ मिटर उचाइको ब्यारेज निर्माण गरिने छ । उत्पादन हुने विद्युत् १० किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको न्यू भरतपुर सबस्टेसन, चितवन जोडिने छ ।

आयोजनाको बाँध स्थलभन्दा तल तथा विद्युत् गृहभन्दा माथिको खण्डमा पाइने जीवजन्तु, जलचर तथा बोटबिरूवाका लागि आवश्यक पर्ने न्यूनतम पानीका लागि नदीको औषत बहावको ५० प्रतिशत पानी नियमित रूपमा कालीगण्डकी नदीमा छोडिने आयोजनाको इआइए प्रतिवेदनमा उल्लेख छ ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखित प्रतिकूल असर नपर्ने गरी आयोजनाको स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार गर्न लगाइने विद्युत् विकास विभागले जनाएको छ ।

आयोजनाको निर्माण २०८३ जेठसम्ममा सम्पन्न हुने लक्ष्य रहेको छ । आयोजनाबाट बार्षिक सरदर २२३.६२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । मौलाकालिका हाइड्रो पावर कम्पनीको स्थापना २०७९ असार ३० गते भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३