विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । हेर्दा-हेर्दै तामाकोसी पनि आयो । गौरवको आयोजनाले गर्व गर्ने लायकको वित्तिय प्रगति नगर्ने पक्का भएछ । किन भयो ? लिपिष्टिक वालाहरूले भनिसके । अरूको पनि अब पटक-पटक सुनिनेछ । मैले पहिले नै मिडियाहरूमा भनेको थिएँ- नेविप्राको आम्दानी अर्को आवदेखि दुईगुणा वृद्धि हुनेछ । करिब २५ अर्ब लोन र ११ अर्ब रुपैयाँ इक्युटीमा बन्ने भनेको आयोजाना ९० अर्ब रुपैयाँ भन्दा माथि गयो ।

करिब ४५ अर्ब रुपैयाँ लगानी गरेका वित्तिय संस्थाहरूले करिब ३२ अर्ब रुपैयाँभन्दा माथि नै ब्याज र सेवा शुल्क कुम्ल्याएछन् । ।अब लोन तिर्न Right Call हो वा अग्राधिकार गरम अनि बल्ल आम्दानी खान पाइन्छ रे । १४ वर्षको मूल्य वृद्धिले पनि नपुग्ने कस्तो पिपिए गरेछन् । चिलिमेको बराबर दिएर के बिग्रिन्थ्यो ...? सरकारी आयोजनाहरूमा दोब्बर तेब्बर खर्च लाग्छ भन्ने हामी सबैलाई थाहा छ ।

जनताहरू पनि अभ्यस्थ भइसकेका थिए नै । पहिल्यै बढाएर राख्नुपर्थ्यो, आफ्नो हात जगन्नाथ भको बेला चिलिमे जस्तो गरी । अहिले पिपिए बढाउन कति मुश्किल भइराखेको छ होला । हुन त PRoR को दर दिनलाई गारो हुँदैन होला । रोल्वालिङ्ग ल्याएपछि हिउँद र वर्षातको अनुपात ३०:७० को बनाएर वित्तिय व्यवस्थापन गर्दा १००% लोनमा बनाइदिन्छु भनी सर्त राख्नुस् है ............ अन्यथा परिणाम आफै जान्नुस ।

तामाकोसीको आम्दानी गर्ने समय अब जम्मा २४ वर्ष बाँकी छ । यस अवधिभित्र वार्षिक २ अर्ब साँवा र ब्याज भुक्तानी गर्नुपर्ने देखिएको छ, जुन करिब असम्भव नै छ अहिलेको ब्याजको दर हेर्दा । वार्षिक Depreciation करिब ३ अर्ब रुपैयाँ र सञ्चालन खर्च ६० करोड रुपैयाँ मान्दा कम्पनी सुरुका वर्षहरूमा करिब ४ अर्ब रुपैयाँ घाटामा जाने निश्चित छ । आगे राष्ट्रिय गौरवको आयोजनाको भविष्य ...

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit