विद्युत आपूर्त : प्राधिकरण :४८३५ मे.वा.घन्टा / निजी क्षेत्र :५२२६ मे.वा.घन्टा / आयात : १३७७३ मे.वा.घन्टा / ट्रिपिङ :३५ मे.वा.घन्टा / ऊर्जा माग :२३८६९ मे.वा.घन्टा/ उच्च माग :१३२३ मेगावाट
×

भारतमा बिजुली बेच्न पिपिए दर घटाउनुपर्छ

२०७७ माघ २१

काठमाडाैं । नेपालले ऊर्जा निर्यात गर्न अन्तर्राष्ट्रय बजारमा प्रतिस्पर्धा गर्ने हो भने सरकारले निजी क्षेत्रबाट खरिद गर्ने गरेको उर्जाको दर परिमार्जन गर्न जरुरी छ । भारतमा तापीय प्लान्टबाट उत्पादित बिजुली पनि प्रसारण लाइन महसुल र चुहावटसमेत गरी भारु ३ देखि ३.२५ प्रतियुनिटमा बिक्री भइरहेकाे छ । हामी जलविद्युत्मा आधारित भएर पनि त्यो दरमा प्रतिस्पर्धा गर्न नसक्नु खरिद गर्ने बिजुलीको प्रतियुनिट मूल्यांकन सही छैन भन्ने प्रष्ट बुझिन्छ ।

सामान्यतः २५ वर्षको बैंक ऋणपछि ऊर्जा उत्पादन खर्च एकदम न्यून हुन्छ । त्यसकारण, बैंकको सावाँ र ब्याज तिर्दै पनि न्यूनतम लाभ लिएर काम गर्न सकिन्छ । यहाँ मैले १० मेगावाटको प्रतिमेगावट १८ कराेड रुपैयाँ र ५% प्रशासनिक खर्चसहित जम्मा रकम १.८९ अर्ब रुपैयाँको बैंक ब्याज ८% को दरले २५ वर्षसम्मको हुन आउने इएमआइ (EMI) रकम र सञ्चालन सम्भार खर्च १०% सबै हिसाब गर्दै ४०% औसत वार्षिक उत्पादनको खर्च लगभग ५.४६ रुपैयाँ प्रतियुनिट आउँछ ।

अब यो रकमलाई सुख्खा र बर्खायाममा हालको अनुपातअनुसार विभाजित गर्ने हो भने बर्खामा प्रतियुनिट ३.६४ रुपैयाँ र हिउँदमा ७.२९ पर्न जान्छ । ऊर्जामा बैंक ब्याज सायद ५% मात्र हुनुपर्छ । त्यो हो भने औसत वार्षिक उत्पादन ४०% मा प्रतियुनिट उत्पादन खर्च ४.१४ हुन्छ । जसअनुसार बर्खा र हिउँदमा २.७६ रुपैयाँ र ५.५२ हुन आउछ । यहाँ मैले IPO को हिसाब राखेको छैन । यो घटाउने हो भने प्रतियुनिट उत्पादन खर्च झन् कम हुन्छ । जलविद्युत् जसले राज्यको अर्थतन्त्रमा सहायक भूमिका खेल्न सक्छ । त्यसमा बैंकहरूले दीर्घकालीन लगानी पनि गर्नुपर्छ ।

नोट - यहाँ मैले वार्षिक उत्पादन ४०% मात्र लिएर विश्लेषण गरेकाे छु । यो भन्दा बढी जति उत्पादन हुन्छ त्यो बाेनस हाे ।

प्रतिक्रिया

थप खबर