विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले बाढी पहिरोबाट क्षतिग्रस्त  मनाङको विद्युत् आपूर्ति सहज बनाउनका लागि २५ किलोवाट पिक क्षमताको सौर्य ऊर्जा प्रणाली सहयोग गरेको छ । बाढीले क्षति पुर्याएको क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्नका लागि सहयोग उपलब्ध गराइएको हो ।

गत जेठ २९ गतेदेखि असार ३ गतेसम्म तथा जेठ १४ गतेदेखि १६ सम्म परेको अविरल वर्षाले मनाङको विद्युत् संरचनाका पूर्वाधारहरू तथा सडक सञ्जालमा ठूलो क्षति पुर्याएको थियो । विद्युत आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवाहरू समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो ।

जिल्ला प्रशासन कार्यालय मनाङ तथा जिल्लाका जनप्रतिनिधिहरूबाट प्राप्त अनुरोधबमोजिम वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विष्णुप्रसाद पौडेलको पहलमा विद्युत् प्रणाली उपलब्ध गराइएको एइपिसीले जानकारी दिएको छ ।

एइपिसीका अनुसार जिल्लाका सरकारी कार्यालयहरूका लागि २५ किलोवाट पिक सौर्य ऊर्जा प्रणाली  (५ किलोवाट पिक क्षमताका ५ वटा प्रणाली) उपलब्ध गराइएको छ । उक्त प्रणाली मन्त्री पौडेलको निर्देशनमा एइपिसीका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले आज (असार २१ गते सोमबार) मनाङ्गका नेता पोल्देन छोपाङ्ग गुरुङ्गलाई हस्तान्तरण गरेका छन् ।

जिल्लामा विद्युत आपूर्ति अवरुद्ध हुना साथै प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमार्फत केन्द्रमा पत्राचार गरिएको थियो । विद्युत प्राधिकरणले समेत तत्काल वैकल्पिक ऊर्जाबाट विद्युत उपलब्धताको लागि सहयोग गर्न केन्द्रलाई आग्रह गरेको थियो ।

हस्तान्तरित सामाग्रीमा २८० वाट पिक क्षमताको सौर्य प्यानल ९० वटा, १० केभिएको इन्भर्टर ५ वटा, १५० एम्पियर आवर (१२ भोल्ट) को ब्याट्री ५० वटा तथा प्रणालीका लागि आवश्यक माउन्टिङ्ग स्ट्रक्चर, केवल, लाइटिङ्ग एरेष्टर, अर्थिङ्ग सेट छन् ।

बाढी पहिरोबाट ग्रस्त मनाङ्गका केन्द्रद्वारा उपलब्ध गराइएको सौर्य ऊर्जा प्रणालीबाट तत्काल सरकारी कार्यालयहरूमा विद्युत उपलब्ध गराउन ठूलो सहयोग पुग्ने गुरुङले बताए ।

सोही अवसरमा एइपिसीका कार्यकारी निर्देशक अधिकारीले बाढी पहिरोको प्रकोपले चौतर्फी आवश्यकता परेको बेला तत्कालीन आवश्यकता परिपूर्ति गर्न ५ किलोवाटका ५ वटा प्रणाली उपलब्ध गराइएको बताए । ‘केन्द्रिकृत विद्युत प्रणालीमा मात्र निर्भर रह्यो भने बाढी–पहिरो जस्ता प्रकोप आउँदा समस्या हुनेछ,’ उनले भने, ‘वितरित उत्पादन प्रणाली (डिस्ट्रिब्युटेड जेनेरेसन सिस्टम) देशमा अन्य स्थानहरूमा समेत राख्नुपर्छ ।’

विकेन्द्रित ऊर्जा प्रणालीे प्रकोपको बेला ब्याक अप पावर उपलब्धताका लागि महत्त्वपूर्ण हुने भएकाले ऊर्जा क्षेत्रका नीति निर्माता तथा योजनाकारका लागि समेत सिकाइ हुने उनले बताए । वैकल्पिक ऊर्जा “विपद्को सारथी”को रूपमा समेत रहेको हुँदा सम्भव भएसम्म र स्रोतले भ्याएसम्म राहत स्वरूप वैकल्पिक ऊर्जाका प्रविधिहरू (सौर्य प्रणाली, सुधारिएको चुलो आदि) वितरण गरिँदै आएको उनको भनाइ छ ।

एइपिसीका अनुसार आवश्यक जडान प्राविधिकहरू सहित सामाग्रीहरू काठमाडौंबाट पठाइसकिएको छ । कूल २५ किलोवाट पिक क्षमताको प्रणाली ५/५ किलोवाटका दरले ५ स्थानमा जडान गरी उत्पादित विद्युत सरकारी कार्यालयहरूमा वितरण गरिनेछ ।

प्राधिकरणको समेत समन्वयमा वितरित सो प्रणालीबाट उत्पादित विद्युतलाई क्षतिग्रस्त प्रसारण तथा वितरण लाइन पुनर्निर्माण भएपछि राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना छ । जेठको दोस्रो साता तथा असारको सुरुमा मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको चामे र नासो गाउँपालिकामा व्यापक क्षति पुर्याएको थियो । साथै, जिल्लामा रहेको लघुजलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्न गई जिल्ला नै अन्धकार बन्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit