विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रौतहटमा निर्माणाधीन ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाबाट आगामी बैशाखदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको यो सौर्य विद्युत आयोजना अबको ३ महिनाभित्र सञ्चालनमा आउन लागेको हो ।

निर्माण थालेको ६ महिनामा सम्पन्न गर्ने गरी आयोजनामा धमाधम काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । ‘छोटो समयमा नै आयोजनाको धेरै काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘सम्भव भएसम्म कम समयमा निर्माण सम्पन्न गर्ने किर्तिमान राख्ने गरी काम भइरहेको छ ।’ 

उनले अहिले १२ बिघा क्षेत्रफलमा ४ सय ५० वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर आयोजना निर्माण गर्न लागिएको जानकारी दिए । सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भइसकेपछि ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा लगेर जोडिने छ ।

आयोजनाबाट वार्षिक ६९.२५ लाख युनिट विद्युत उत्पादन हुनेछ । ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २५ प्रतिशत (८.२५ करोड रुपैयाँ) स्वपुँजी र ७५ प्रतिशत (२४.७५ करोड रुपैयाँ) ऋण लगानी हुनेछ । आयोजनामा बैंक अफ काठमाडाैंले लगानी गरेकाे छ ।

सौर्य विद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदा प्रदेश–२ को वितरण प्रणालीमा सुधार भई उद्योगले गुणस्तरीय विद्युत सेवा पाउने कम्पनीले जनाएको छ । कम्पनीले १/१ मेगावाटका ढल्केबर र सिमरा सौर्य विद्युत आयोजनाको निर्माण पनि २०७८ बैशाख १ गतेबाट सुरु गर्ने भएको छ ।

२ वटा जलविद्युत आयोजनाको सफल निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले सौर्य ऊर्जामा पनि लगानी गरेको छ । कम्पनीले यसअघि दार्चुलामा साढे १६ मेगावाटका २ जलविद्युत आयोजना निर्माण पूरा भई सञ्चालनमा छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । यो आयोजनाको करिब ३० प्रतिशत निर्माण पूरा भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit