विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेश कालीकाेट जिल्लाकाे महावै गाउँलिकाका ५० परिवारलाई निशुल्क साैर्य ऊर्जा प्रविधिका उपकरण वितरण गरिएकाे छ । विद्युत पहुँन नपुगेका पालिकाका अतिविपन्न परिवारलाई साैर्य विद्युत उत्पादन गरी उपयाेग गर्न उपकरण निशुल्क वितरण गरिएकाे हाे ।

‘मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम’ अन्तर्गत पालिकाकाे वडा नम्बर १ र २ का अतिविपन्न परिवारलाई निशुल्क विद्युतकाे सुविधा दिन साेलार पाता वितरण गरेकाे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गणेशमान सिंहले बताए । उनका अनुसार अब अतिविपन्न परिवारलाई सौर्य ऊर्जामार्फत घरमा बत्ती बाल्न तथा विद्युतीय उपकरण चलाउन  सहज हुनेछ । 

उनले अहिलेसम्म टुकीको भरमा जीविका चलाइरहेका विपन्न परिवारलाई सौर्य ऊर्जा प्रविधिमार्फत उज्यालो पुर्याइएको बताए । प्रदेश सरकारले २०७६ देखि कर्णालीका उच्च हिमाली तथा विद्युत नपुगेका दुर्गम क्षेत्र उज्यालो बनाउन ‘मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम’ सञ्चालनमा ल्याएको हो ।

यो कार्यक्रम अन्तर्गत उज्यालो नपुगेका क्षेत्रका अतिविपन्न परिवारलाई निशुल्क सोलार प्यानल तथा ब्याट्री वितरण गर्ने याेजना रहेकाे पनि उनले बताए ।महावै गाउँपालिका कार्यलयमा पनि सौर्य ऊर्जा प्रविधिको विद्युत उपयोग हुँदै आएको सिंहले बताए ।

जिल्लाकाे रसकोट र खाँडचक्र नगरपालिका तथा सानी त्रिवेणी गाउँपालिकामा मात्र आंशिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत जोडिएको नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख मेघराज जोशीले बताए । उनका अनुसार बाँकी तिलागुफा नगरपालिका, पाँचलझरण, नरहरीनाथ, सुम्बा कालीका, महावै र पलाता गाउँपालिकामा विद्युतीय संरचना निर्माणको काम भइरहेको छ ।

चालू आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकामा आंशिकरूपमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुर्याउने लक्ष्य रहेको पनि जोशीले बताए । पहिलो चरणमा सरकारी कार्यालयलगायतका महत्वपूर्ण स्थानमा सेवा विस्तार गर्ने वितरण केन्द्रको योजना छ । 

प्राधिकरणले जिल्लामा पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत गत जेठमा मात्रै पुर्याएको हो । निरन्तर लामो प्रयासपछि जिल्लाको उच्च पहाडी भागमा पर्ने मान्मामा विद्युत सेवा पुर्याइएको छ । 

कोहलपुर–सुर्खेत ३३ केभी लाइन दैलेखसम्म पुर्याइ त्यहाँबाट दुल्लुसम्म विस्तार गरेर जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको सेवा पुगेको हो । दुल्लुबाट मान्मासम्म भने ११ केभी लाइन निर्माण गरी सेवा विस्तार गरिएको प्राधिकरणले जनाएको छ । वितरण केन्द्र अन्तर्गत अहिले करिब २ हजार ८ सय ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३