विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २९, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सोलार पावर प्रोड्युसर्स एशोसिएसन नेपाल (सोपान) ले विद्युत्‌ नियमन आयोग (इआरसी) का अध्यक्ष डा. रामप्रसाद धिताल तथा आयोगका सदस्यहरूसँग शिष्टाचार भेटघाट गरी नेपालको सोलार ऊर्जा क्षेत्रको नियमन र सुधारका लागि ध्यानाकर्षण गराएको छ ।

सोपानका अध्यक्ष डा. सन्दीप शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अध्यक्ष धिताललाई भेटी आफ्ना माग राखेको हो ।

राष्ट्रिय ऊर्जा सम्मिश्रण (एनर्जी मिक्स) मा सोलारको हिस्सा १० प्रतिशतमा मात्र सीमित राख्ने प्रावधान हटाउनुपर्ने, जलविद्युत्‌ सरह सोलार आयोजनाको उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) र विद्युत्‌ खरिद बिक्री सम्झौता (पिपिए) को अवधि ५० वर्ष कायम गरिनुपर्ने माग राखेका छन् ।

यसैगरी, आगामी सोलार पिपिए प्रतिस्पर्धात्मक बोलपत्र (अक्सन) मार्फत कम्तीमा १,००० मेगावाटका लागि खुला गरिनुपर्ने र नयाँ सोलार आयोजनासँगै ब्याट्री इनर्जी स्टोरेज सिस्टम जोडिने व्यवस्था मिलाइनुपर्ने जस्ता माग राखेका छन् ।

सोपानले सोलार ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधान र विकासका लागि तत्काल आवश्यक नीतिगत सुधारका बुँदाहरू समेटिएको ज्ञापनपत्रसमेत बुझाएको छ । सोही क्रममा सोपानले आयोगसमक्ष चार प्रमुख क्षेत्र—रणनीतिक नीतिगत तादात्म्यता, निष्पक्ष तथा अनुमानयोग्य नियामक ढाँचा, ग्रिड पहुँच र प्रणाली प्रविष्टि, र विकेन्द्रित तथा एग्री-पिभी (कृषि-सोलार) विकासमा जोड दिँदै तत्काल सुधार गर्नुपर्ने विषयहरू प्रस्ताव गरेको छ ।

अध्यक्ष शाहले सुक्खायाममा ऊर्जा आपूर्ति सहज बनाउन, राष्ट्रिय ऊर्जा सुरक्षा सुदृढ गर्न र निजी क्षेत्रको लगानी आकर्षित गर्न सोलार ऊर्जाको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले आयोगसँगको सहकार्यमा सोलारको पूर्ण क्षमता उपयोग गर्न सकिने प्रविधिमैत्री नीतिगत ढाँचा निर्माण हुने विश्वास व्यक्त गरे ।
सोपानको माग सुनेपछि अध्यक्ष धितालले नेपालमा नविकरणीय ऊर्जाको विकासका लागि पारदर्शी र सहजीकरणयुक्त नियामक वातावरण बनाउन आयोग प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३