विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएको छ । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो ।

जलविद्युतको भन्दा कम लागत तथा छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा लगानीकर्ताको आकर्षण सौर्य ऊर्जामा बढिरहेको हो । विद्युत खरिद दर निर्धारण भएपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी धेरै सौर्य विद्युत आयोजना निर्माणमा गएका छन् ।

गत असोजमा मात्र करिब ८० मेगावाट विद्युत उत्पादन गर्न ४ सौर्य आयोजनाले अध्ययन अनुमतिका लागि विद्यत विकास विभागमा आवेदन दिएका छन् । आवेदन दिनेमध्ये १० मेगावाटका दुई र ३० मेगावाटको दुई आयोजना रहेको विभागको तथ्याङकमा छ ।

मिथिला इनर्जी प्रालिले ३०/३० मेगावाटको २ सौर्य आयोजना महोत्तरीमा अघि बढाउनका लागि अनुमति माग गरेको विभागले जनाएको छ । विभागका अनुसार ३० मेगावाट डाडाटोल सौर्य आयोजना जिल्लाको किसान नगर र पशुपति नगरमा अघि बढ्नेछ । अर्को ३० मेगावाटको भोलाटोल सौर्य आयोजना पशुपति नगरमा निर्माण हुनेछ । कम्पनीले दुवै आयोजनाको अध्ययन अनुमतिका लागि विभागमा गत असोज ६ गते आवेदन दिएको हो ।

यस्तै, पवन इनर्जी प्रालिले पनि महोत्तरीमा नै २० मेगावाटको दुई आयोजना अघि बढाउन अध्ययन अनमति माग गर्दै विभागमा आवेदन दिएको छ । कम्पनीले दुवै आयोजना जिल्लाको हात्तिसर्वामा अध्ययन गर्न गत असोज १ गते अध्ययन अनुमतिका लागि विभागमा आवेदन पेश गरेको छ ।

विभागबाट अनुमति पाएलगतै अध्ययन गरेर पुनः उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिइने कम्पनीले जनाएको छ । विभागको तथ्याङक अनुसार हालसम्म करिब ३५४ मेगावाट विद्युत उत्पादन गर्न २९ सौर्य आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका छन् । यस्तै, विभागले ३२१ मेगावाट विद्युत उत्पादन गर्न २१ सौर्य आयोजनालाई अध्ययन अनुमति दिएको छ । यी आयोजनाको अध्ययन भइरहेको छ ।

यस्तै, ५० मेगावाटको ७ सौर्य आयोजनाले अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । हाल, ९२.९७ मेगावाटका १६ सौर्य आयोजनाले उत्पादन अनुमति लिई निर्माण सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit