विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पेट्रोलिमय पदार्थबाट चल्ने सवारी साधनहरुलाई नेपालमै उत्पादीत विद्युतबाट चल्ने विद्युतीय सवारी साधनमा परिवर्तन गर्न आवश्यक अनुसन्धान तथा प्रविधि विकासका लागि इन्जिनियरीङ अध्ययन संस्थान थापाथली क्याम्पस र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स (सिन) बीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा क्याम्पसका तर्फबाट प्रमुख इन्जिनियर जनार्दन भट्ट र सीनका तर्फबाट अध्यक्ष दिल्लीरत्न शाक्यले हस्ताक्षर गरे । सम्झौता अनुसार परम्परागत ऊर्जाबाट चल्ने सवारी साधनलाई विद्युतीयमा परिवर्तन गर्ने सम्बन्धमा अध्ययन अनुसन्धान परियोजनाको पहिचान र कार्यान्वयन गर्ने, प्रविधि विकासमा अपसी सहयोग गर्ने, अनुसन्धानका नजिता तथा शैक्षिक सामाग्री आदानप्रदान गर्नुका साथै तालिम तथा परामर्श कार्यक्रम समेत गरिनेछ ।

अध्ययन अनुसन्धान र अनुभव आदानप्रदानका लागि दुबै संस्थाका ईन्जिनियरहरुबीच सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख छ । सार्थ, नगरपालिकाभित्रका फोहोरलाई ऊर्जामा परिणत गर्ने सम्बन्धमा पनि सम्भाव्यता अध्ययन गरिनेछ ।

सीनसँगको सहकार्यले इन्जिनियरीङका विद्यार्थीहरुलाई विद्युतीय सवारीसाधनको विकासमा आफ्नो क्षमता विकास गर्न मदत पुग्ने भट्टले बताए । उनका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापित गरी विद्युतीयमा परिणत गरी प्रभावकारी ढंगबाट चलाउन सके यसले देशकै अर्थतन्त्रमा टेवा पुर्याउनुका साथै विकास निर्माणमा पनि सहयोग पुग्नेछ ।

सीनका इन्जिनियरहरुको अनुभव, क्षमता र दक्षताका आदानप्रदानबाट थापाथली क्याम्पसबाट उत्पादन हुने भावी इन्जिनियरहरु लाभान्वित हुने शाक्यले बताए । ‘यो सहकार्यबाट आयातित पेट्रोललाई विस्थापित गर्दै आफ्नै देशको उत्पादीत विद्युतलाई आफ्नै देशमा खपत गरी विकासको आधारशिला खडा गर्न महत्वपूर्ण योगदान पुग्छ’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit