विद्युत अपडेट

  • प्राधिकरण : ५६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८३५६ मे.वा.घन्टा
  • आयात : १००१३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९३५९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८० मे.वा.
२०८२ चैत २, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले  ११ गते शनिबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको हो ।

पेट्रोल प्रतिलिटर २० रूपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २९ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १७९ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । यस्तै, एल.पी ग्यास र हवाई इन्धन (आन्तरिक तथा बाह्य) को खुद्रा बिक्री मूल्य भने हाललाई याथावत नै राखिएको छ । 

निगमले जेठ २० गते पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएको थियो । पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको थियो । फेरी जेठ २६ गते राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र  डिजेल र मट्टितेल १२ रूपैयाँका दरले बढाएकाे थियाे ।

फेरी असार ६ गते प्रतिलिटर पेट्रोल २० र  डिजेल र मट्टितेल २६ रूपैयाँका दरले बढाएकाे थियाे । त्यस पछि निगमले लगातार मुल्य वृद्धि गरेकाे भन्दै विकासको काम रोक्ने, आन्दोलन गर्ने जस्ता चेतावनीहरु दिएपछि निगले पेट्राेलियम पदार्थको मूल्य घटाएकाे हाे ।

विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनु पर्ने राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरुले समते मनन गर्ने विश्वास निगमले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३