images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साढे २ हजार मेगावाटका जलविद्युत आयोजनाको अध्ययन पूरा भएको छ । देशको विभिन्न जिल्लामा पहिचान भएको ३८ जलविद्युत आयोजनाको अध्ययन सकिएको हो ।

विद्युत विकास विभागका अनुसार अध्ययन पूरा भएका आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । सरकारी तथा निजी ऊर्जा उत्पादकले २ हजार ५ सय ७६ मेगावाटका आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् ।

आवेदन दिनेमध्ये सबैभन्दा ठुलो ८ सय २८ मेगावाटको उत्तरगंगा बरुण खोला जलविद्युत आयोजना रहेको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले बागलुङमा अध्ययन पुरा गरेर उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको छ । प्राधिकरणले २०७६ असार १७ गते आवेदन दिएको थियो । आवेदन दिएको साढे २ वर्ष वितिसक्दा पनि विभागबाट निर्माण अनुमति पाएको छैन् । 

यस्तै, प्राधिकरणले १८० मेगावाटको आधीखोला निर्माण गर्न २०७७ असार १७ गते अनुमतिका लागि आवेदन दिएको छ । टाइम्स इनर्जीले ३४१ मेगावाटको बुढीगण्डकी निर्माण अनुमतिका लागि २०७७ बैंशाख २६ गते, सगरमाथा हाइड्रो पावरले १७१ मेगावाटको दुधकोसी–६ निर्माण अनुमतिका लागि २०७७ फागुन १४ गते र नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीले १३० मेगावाटको बुढीगण्डकी ‘क’ निर्माण अनुमतिका लागि २०७० असार १६ गते आवेदन दिएको विभागको तथ्याङकमा छ । 

यस्तै, ६५ मेगावाटको मध्य त्रिशुली गंगा नदी, ०.४८५ मेगावाटको इलुन खोला, ५८ मेगावाटको टिप्ल्याङ कालीगण्डकी, ५७ मेगावाटको हिमचुली दोर्दी, ६५ मेगावाटको दुधखोला, २० मेगावाटको कुनवान खोला, ५ मेगावाटको सेप्ली खोला, ४.१ मेगावाटको सुपर सभा खोलाले निर्माण अनुमतिका लागि विभागमा आवेदन पेश गरेका छन् । १० मेगावाटको माथिल्लो साँघु, २१ मेगावाटको जल्दीगाड, ८.३ मेगावाटको माथिल्लो देउमाई, ३.३ मेगावाटको स्यार्पू खोला, ३७.७ मेगावाटको इसुवा खोला, २२.९ मेगावाटको मध्य होेङ्गु खोलाको उत्पादन अनुमतिका लागि विभागमा आवेदन परेको छ ।

७७.५ मेगावाटको गुन्सा खोला, २० मेगावाटको माथिल्लो सेती, २ मेगाावटको अरुण खोला–२, २८.१ मेगावाटको माथिल्लो काबेली, ९.५५ मेगावाटको सुपर सभा ‘ए’, १५ मेगावाटको इर्खुवा खोला, ४१.८६ मेगावाटको सुपर तल्लो बागमती, ९ मेगावाटको सोना खोला, ३७.७ मेगावाटको तमोर खोला–५ जलविद्युत आयोजना निर्माण  अनुमतिका लागि आवेदन परेको विभागले जनाएको छ ।

२०.८ मेगावाटको दोर्दी दुधखोला, १.५ मेगावाटको झिमरुक आगलुङ, १७ मेगावाटको माथिल्लो मैलुङ ‘बी’, ९.९६ मेगावाटको तावा खोला, २० मेगावाटको आँखु खोला–२, २१ मेगावाटको आयु मोलुन र ८ मेगावाटको तल्लो कालगगाड जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । 

आवेदन दिएका आयोजनामध्ये केही आयोजनालाई उत्पादन अनुमति दिने अन्तिम तयारी भइरहेको विभागले जनाएको छ । विभागका अनुसार जलविद्युत आयोजनासँगै ६० मेगावाटका ९ सौर्य आयोजनाले पनि उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit