काठमाडौँ । संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन तथा लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र कम्पनीको तर्फबाट प्रबन्धक सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अङ्कित दरका ४१ लाख ६० हजार कित्ताले हुन आउने ४१ करोड ६० लाख रकम बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।