विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडले आफ्ना सेयरधनी सदस्यलाई बाेनस सेयर र नगद लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समितिको पुस २१ गते (बिहीवार) बसेको बैठकले सेयरधनी सदस्यलाई ७.५ प्रतिशको दरले बाेनस सेयर र ०.३९४७ प्रतिशतको दरले नगद लाभांश दिने निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ३८४.४९ करोड रुपैयाँ बाेनस सेयर र नगद लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युत नियमन आयोगबाट स्वीकृत प्राप्त तथा सभाबाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यलाई बाेनस सेयर र नगद लाभांश वितरण हुनेछ ।

कम्पनीले दार्चुला जिल्लामा ८.५ मेगावाटको नौगड गाढ र ८ मेगावाटको माथिल्लो नौगड गाड जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, सोही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन रहेको छ ।

कम्पनीले रौतहटमा ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना निर्माण सम्पन्न  भई प्रसारण प्रणालीमा जोडिएको छ र सिमरामा १ मेगावाटको सौर्य आयोजना सञ्चालनमा ल्याएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit