विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ‘उहिलेको कुरा खुइले’ भनेर मान्छेहरू भन्छन् । तर, मलाई भने उहिले उहिलेका कुराहरूको खुब सम्झना आइरहन्छ । मनमनै धेरै खुसी नै हुने गर्छु । १४४ मेगावाटकाे कालीगण्डकी ‘ए’ पछि चिलिमे जलविद्युत् आयाेजनामा २०५७-६० सालमा काम गर्दाका अनुभवहरूले मलाई प्राय: गौरवान्वित बनाइरहन्छ ।

तामाकोसीमा सुरुङहरू र स्याफ्टहरू निर्माण गर्दा होस् वा स्टील पेनस्टक जडान गर्दा अथवा गत चैत महिनामा हेडवर्क्समा पानी भरी प्राविधिक परीक्षण गर्दा होस् वा आगामी कात्तिक महिनामा पेनस्टक र सुरुङमा प्रस्तावित पानी भर्ने कार्यको लागि Procedure र कार्यक्रमहरू बनाउँदा होस् चिलिमेका अनुभव र सीप खुबै काम लागिरहेका छन् ।

मैले यहाँ चिलिमेको मुख्य संरचनाहरूको निर्माणका कुराहरू उल्लेख गर्न गइरहेको छैन । सुक्खायाममा कात्तिक/मंसिरदेखि वैशाख/जेठ महिनासम्म थप विद्युत् ऊर्जा उत्पादन गर्न चिलिमे खोलाको सहायक “बेमदाङ” खोलाको पानीलाई चिलिमेको नहरमा मिसाउने कार्यक्रम सुरुदेखि नै रहेको थियो ।

जब २०६० साल भदौ ८ गतेदेखि चिलिमेबाट व्यापारिक उत्पादन प्रारम्भ भयो तब सुक्खायाममा बेमदाङ खोलाको पानीलाई अस्थायी प्रकृतिको संरचना बनाएर भए पनि चिलिमेमा मिसाई चिलिमेबाट थप ऊर्जा उत्पादन गर्ने सम्बन्धमा कुराहरू अघि बढेछ ।

यस्तो खालको ‘अस्थायी संरचना’को योजना, सर्भे, डिजाइन र अमानतमा निर्माण गरी पानी मिसाउनेसम्मको सम्पूर्ण जिम्मेवारी खोइ कसरी हो, मलाई चिलिमे व्यवस्थापनबाट प्राप्त भयो । सायद ‘अस्थायी’ खालको मात्र संरचना बनाउनुपर्ने भएर हो कि? त्यसबेला ‘स्थायी’ प्रकृतिको संरचनामा सानो बाँध र पाइपहरूको माध्यमबाट पानी ल्याउन गरी करिब ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको रहेछ ।

त्यसरी, जिम्मेवारी प्राप्त भएपछि ‘अस्थायी संरचनाहरू’को लागि मैले सर्भे र डिजाइन गरी सोको लागि करिब ६ लाख रुपैयाँबराबरको लागत अनुमान तयार गरेँ । र, सोहीअनुसार स्वीकृत पनि भयो । तर, मैले मनभित्रभित्रै कम्तीमा कुलो अर्थात् नहर (Canal) चाहिँ ‘स्थायी’ नै हुने गरी बनाउनुपर्छ भन्ने सोचेर सोहीअनुसार डिजाइन गरेको थिएँ ।

करिब सय मिटर लामो उक्त कुलोले कुशल ढंगले काम गरिराखेकोले होला त्यसपछि अहिलेसम्म पनि सानो बाँध र पाइपहरू जडान गर्ने गरी गरिएको सुरुको डिजाइन अनुसार निर्माण गर्न आवश्यक नै ठानिएन जस्तो छ । सानो स्थायी बाँधको सट्टा हरेक वर्ष वर्षा सकिने बित्तिकै अस्थायी बाँध बनाई पानीलाई सोही बेमदाङ कुलो हुँदै चिलिमेको मुख्य नहरमा मिसाइने गरिएको छ ।

उक्त कुलो २०६० सालको कात्तिक र मंसिरमा २१ दिनमा (खुद कार्यदिन १६) र लागत अनुमानभित्रै सम्पन्न गरेको थिएँ । ‘अस्थायी’ भनेर निर्माण गरिएको त्यो नहर पनि निर्माण गरेको यो वर्ष करिब १७ वर्ष पुग्न लागेछ । र, त्यसले अहिलेसम्म ‘स्थायी’ संरचनाको रूपमै राम्रै ढंगले काम गरिरहेको थाहा पाउँदा आफू संलग्न सानै संरचना भएपनि खुसी भएको छु ।

अझ विद्युत् विकास विभागले सन् २००६ मा प्रकाशन गरेको “Design Guidelines for Water Conveyance System of Hydro power Projects” को आवरण पृष्ठ (Cover Page) मा सो बेमदाङ कुलोको फोटो पनि समावेश गरेको थाहा पाउँदा थप खुसी छु । त्यसबेला, चिलिमेको उच्च व्यवस्थापनमा रहनुहुने डा. डम्बरबहादुर नेपाली, लिलानाथ भट्टराई, प्रकाशमान श्रेष्ठ, मिलापबहादुर पाण्डे, हितेन्द्रदेव शाक्य, गोपालमान श्रेष्ठ, माधवप्रसाद कोइराला, विष्णुबहादुर थापा, विजयलाल श्रेष्ठ, रामगोपाल शिवाकोटी सरहरूसहित सबैमा मेरो हार्दिक सम्मान छ ।

त्यस्तै, सो बेमदाङ कुलो निर्माणमा प्रत्यक्ष संलग्न हुनुहुने चिलिमे र थाम्बुचेत गाउँहरूका स्थानीय दाजुभाइहरू/दिदीबैनीहरू तथा कर्मचारी साथीहरू ललित कुमार बराल, बद्रि प्रसाद खतिवडा, अर्जुन श्रेष्ठ, कटकबहादुर मगर, उपेन्द्र यादव, विष्णु पाण्डेलगायत सबै साथीहरूमा धन्यवाद र सम्झना ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit