विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । विश्व तथा नेपालमा जलविद्युत्‌को इतिहास र विकासबारे केही महत्त्वपूर्ण, जानकारीमूलक तथा राेचक तथ्यहरू यहाँ प्रस्तुत गरिएकाे छ ः

✍️ संसारमा पहिलोपटक सन् १८८२ सेप्टेम्बरमा न्युयोर्कको पर्ल स्ट्रिटमा वैज्ञानिक थोमस एडिसनले आम उपभोगका निम्ति बिजुली बत्ती बालेका थिए ।

✍️ एशिया प्रशान्त क्षेत्रमा पर्ने छिमेकी मुलुक भारतमा सन् १८९७ मा दार्जिलिङ नजिकै सिद्रापोङ (१३० किलाेवाट), नेपालमा सन् १९११ मा फर्पिङ (५०० किलाेवाट) र चीनमा  १९११ कै अन्त्यतिर कुन्मिङ राज्यमा (सिलोङ्वा २४० किलाेवाट क्षमता) का जलविद्युत् गृहहरू बनेर सञ्चालनमा ल्याइए ।

✍️ फर्पिङ्गको बिजुली  ११ केभी प्रसारण लाइन मार्फत् टुँडिखेल पूर्व (हाल नेपाल विद्युत् प्राधिकरण, प्रधान कार्यालय, गाडी पार्किङ एरिया) स्थित सबस्टेशनमा ल्याई राजा र राणाको दरबारमा बाँडिएको थियो ।

✍️ फर्पिङ्ग पावरहाउसको निर्माणमा खटिने इन्जिनियरहरूमा बेलायतीतर्फ बर्नार प्वाइन्टे र लिन्जा अनि नेपालीतर्फ कर्णेल किशोर र कुमार नर्सिङ राणा (दाजुभाइ) थिए । 

✍️ पहिलो फर्पिङ र  दोस्रो सुन्दरीजल (सन् १९३४, ६४० किलोवाट) पछि वि.स‌ं. २००० मा मोरङ जिल्लाको लेटाङ्ग स्थित शिखरबास भन्ने ठाउँमा चिसाङ खोलाको पानी प्रयोग गरी मोरङ हाइड्रो सप्लाइ कम्पनी मार्फत २ चरणमा गरेर २००० किवा क्षमताको तेश्रो पावरहाउस बनेको थियो । राणा खानदान बाहिरका तत्कालीन प्रथम इन्जिनियर पद्मसुन्दर मल्लको नेतृत्वमा बनेको सो पावरहाउसको विद्युत् विराटनगर, रानीस्थित मिल्स एरिया (नेपालकै पहिलो कलकारखानाहरू) का लागि थियो । यो पावरहाउस २०१८ सालतिर आएको बाढी र पहिरोले क्षतिग्रस्त भएपछि पुनःनिर्माण हुन नसकी अस्तित्वबाटै हरायो । 

✍️राणा शाहीहरूको अनुमति बेगर उच्च अध्ययन गर्न नपाइने चलनविपरीत पद्मसुन्दर मल्लले निजी तवरमा अमेरिकाबाट इलेक्ट्रिकल र मेकानिकल दुवै विषयमा इन्जिनियरिङ्ग गरेपछि उनलाई सुरुमा नेपाल (उपत्यका) प्रवेशमा रोक लगाइयो र उनले कलकत्तास्थित जुट मिल्सका साथै हाइड्रो पावरमा राम्रो दक्षताका साथ काम गरे । यो थाह पाएर तत्कालीन श्री ३ जुद्ध शमसेरले उनलाई नेपाल बोलाई मोरङ हाइड्रोको जिम्मेवारी दिएका थिए । 

✍️ राणाकालमा ३ वटा हाइड्रो पावरहाउस निर्माण भई सञ्चालनमा आएपनि, प्रजातन्त्र स्थापना (२००७) पश्चात २०१७ सम्मै थप कुनै हाइड्रो परियाेजनाको विकास भएको देखिँदैन । यद्यपि, २०१३ सालमा घोषणा भएको पहिलो पञ्चवर्षीय योजनामा २० मेगावाटको विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । 

✍️ २०१७ साल (सन् १९६०) मा 'कु' गरी राजा महेन्द्रले निर्दलीय पञ्चायत लागू गरेपछि भने वैदेशिक सहयोगमा पुन: जलविद्युत्‌को विकास हुन थाल्यो । सन् १९६५ मा सोभियत संघको सहयोगमा २४०० किवाको पनौती (खोपासी), १९६७ मा भारतको सहयोगमा त्रिशुली (२१ मेगावाट)  र फेवा (१ मेवा), १९७२ मा चीनको सहयोगमा १० मेवा को सुनकोशी सञ्चालनमा आए ।

✍️ वि‍‌.सं. २०५० तिर बहुचर्चित मेगा प्रोजेक्ट 'अरुण तेस्रो' (२ चरणमा गरी कुल ४०२ मेगावाट) बाट विश्व बैंकले हात झिकेपछि (त्यसको सकारात्मक नतिजा भन्न अयुक्ति नहोला) प्राधिकरणबाट १४४ मेवाको कालीगण्डकी ए का साथमा मोदीखोला, चिलिमे, पुवाखोला अनि निजी क्षेत्रबाट खिम्ती, भोटेकोसी गरेर २९३ मेगावाट क्षमताका आयोजनाहरु एकैचोटी निर्माण चरणमा गए भने कुलेखानी-३, चमेलिया, राहुघाट, मध्य–मर्स्याङ्दी  लगायतका मझौला आकारका आयोजनाहरूको विस्तृत अध्ययन र निर्माण तयारी समेत थालिएको थियो । 

(स्राेत: फर्पिङ शतवार्षिकी स्मारिका र स्व-अध्ययन तथा संकलन)

(फोटो: पनौती/खोपासी पावरहाउस उद्घाटनका अवसरमा तत्कालीन राजा महेन्द्र र आयोजना सम्बद्ध उच्च पदस्थ अधिकारीहरू)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३