विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको (ब्रेक थ्रु भएको) छ । आयोजनाको २६३८.५३ मिटर लामो सुरुङ सोमबार छिचोलिएको हो । यसै अवसरमा सोमबार आयोजनास्थलमा एक कार्यक्रम गरी प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेडले विशेष उल्लास मनाएको छ । 

सुरुङ छिचोलिएसँगै आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम सकेर आउँदो चैतसम्म सकेर यसै वर्ष सञ्चालनमा ल्याउने तयारी रहेको प्रवर्द्धक कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले ऊर्जा खबरसँग बताए । 

उनका अनुसार आयोजनाको बाँध भोटेकोसी–३ मा र विद्युत्‌गृह भोटेकोसी–४ मा निर्माण भइरहेका छन् । इलेक्ट्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहेको छ । पहिला ४० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको आयोजनाको डिजाइन परिवर्तन गरी ४ मेगावाट थप भएपछि ४४ मेगावाट जडित क्षमतामा आयोजना निर्माण हुन लागेको हो । 

इलेक्ट्रो हाइड्रोले २०८० साल साउनबाट आयोजना निर्माण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३