विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुल्लु-कालीकोट प्रसारण लाइन ३३ केभीमा सञ्चालनका लागि तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले यसअघि ११ केभीमा विद्युत प्रवाह हुँदै आएको प्रसारण लाइन अब ३३ केभीमा सञ्चालन गर्न लागेको हो ।

दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्म पुगेको प्रसारण लाइन ३३ केभीमा सञ्चालन गर्न शनिबारबाट परीक्षण सुरु गरिएको विद्युत प्राधिकरण कालीकोट वितरण केन्दले जनाएको छ । वितरण केन्द्रका अनुसार प्रसारण लाइनको परीक्षण फागुन २७ गतेसम्म चल्नेछ ।

प्रसारण लाइनको परीक्षण अवधिभरका लागि बिहान ९ देखि साँझ ६ बजेसम्म दैनिक ९ घन्टा प्रसारण लँइनबाट हुने विद्युत आपूर्ति बन्द गरिएको छ । यसबाट कालीकोट र जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीबाट वितरण हुँदै आएको विद्युत सेवा पूर्णरूपमा प्रभावित हुन पुगेको छ ।

कालीकोटमा पहिलो पटक ३३ केभीको राष्ट्रिय प्रसारण प्रणाली पुगेको हो । यसअघि दैलेखकको दुल्लुबाट कालीकोट हुँदै जुम्लासम्म आइपुग्ने एउटै ११ केभी लाइनबाट कालीकोट र जुम्लामा विद्युतीकरण हुँदै आएको थियो ।

प्रसारण लाइन ३३ केभीमा सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार हुनुका साथै कर्णालीबासीकाे विद्युतमा पहुँच बढेर जाने प्राधिकरणले जनाएको छ । ११ केभी वितरण लाइन लामो भएकाले तथा एउटै लाइन दैलेखबाट कालीकोट हुँदै जुम्लासम्म पुगेकाले ग्राहकले गुणस्तरीय विद्युत सेवा पाउन सकेका थिएनन् । 

देशभरका अधिकांश जिल्लामा विद्युत पुहँच पुगे पनि कर्णाली र सूदुरपश्चिम प्रदेश राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँचबाट पछाडि छन् । कणाली प्रदेशका १० जिल्लामध्ये अहिलेसम्म कालीकोट र जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच भर्खरै पुगेको छ । हुम्ला, मुगु र डोल्पामा अझै राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit