images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउनका लागि सरकार लागि परेको बताए । सिँचाइ तथा नदी नियन्त्रण व्यवस्थापन आयोजनाको जाजरकोटमा कार्यालय उद्घाटन गर्दै उनले २५ लाख हेक्टरमध्ये १० लाख हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउन सर्वेक्षणको काम भइरहेको बताएका हुन् । 

१५ लाख हेक्टरमा पूर्वाधारको काम भइरहेको पनि उनले बताए । साना ठूला नदी, खोलाका टारमा सिँचाइ सुविधा नभएर ५  लाख हेक्टर जमिनमा समस्या भइरहेकाले त्यसको समाधानमा मन्त्रालय लागेको उनले जानकारी दिए । कर्णाली प्रदेशमै सिँचाइसम्बन्धी काम गर्ने कार्यालय नभएको हुँदा सिँचाइ तथा नदी नियन्त्रण व्यवस्थापन आयोजना जाजरकोटमा स्थापना गरिएको पूर्वमन्त्री सत्य पहाडीको भनाइ थियो । कर्णालीका १० जिल्लाको सङ्घीय सरकारबाट आउने बजेट यही आयोजनाले कार्यान्वन गर्नेसमेत उनको भनाइ छ ।

जाजरकोटमा तीन अर्ब रुपैयाँभन्दा बढी रकम विद्युतीकरणका लागि आएर ठेक्का लागेर कामसमेत सुरु भएको बताइएको छ । कार्यक्रममा कर्णाली प्रदेशका आर्थिकमामिला तथा योजनामन्त्री बेदराज सिंह, राष्टियसभा सदस्य मैना कार्की, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजना स्थापनाले कर्णालीमा विकासको इँटा थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit