विद्युत अपडेट

  • प्राधिकरण : ८५४१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८४४६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६७५५ मे.वा.घन्टा
  • आयात : १३१० मे.वा.घन्टा
  • निर्यात : १०१८४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५०५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८३ ब‌ैशाख २३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनःस्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरी सेवा सुचारु गर्न सफल भएको जनाएको छ ।

आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार  सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । मन्त्रालयमा सूचना प्राप्त हुनासाथ सचिवालय सेवा पुनर्स्थापना कार्यमा सक्रिय भएको जनाइएको छ ।

उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न ३ साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाई सेवा सञ्चालनमा ल्याएको हो । 

नेपाल विद्युत् प्राधिकरणको हेटौँडास्थित कार्यालयबाट ३ एमभिए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो ।

स्थानीयवासी, प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपत्कालीन अवस्थामा छोटो अवधिमै अन्तरनिकाय समन्वय गरी सेवा सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।

याे पनि - ट्रान्फर्मरमा समस्या आउँदा स्याङ्जाका २५ सय घरधुरीमा २ दिनदेखि विद्युत् अवरुद्ध

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३