विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्वसाधारणले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर आवेदन आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असोज १८ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि साँझ ५ बजेबाट सकिन लागेको हो । 

कम्पनीले सर्वसधारणका लागि जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको सेयर छुट्याएको थियो । त्यसमध्ये वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि १० प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत सेयर निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको १२ लाख ७५ हजार कित्ता सेयर र स्थानीयमा अवितरित ९ हजार २ सय कित्ता थप गरी जम्मा १२ लाख ८४ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको  कम्पनीले जनाएको छ । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले रसुवामा निर्माण गरिरहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit