विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिकाको लुलाङमा रहेको ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युतगृह बाढीले बगाएको छ । आजराति आएको अविरल वर्षापछि बाढी पहिरोले विद्युतगृह बगाएको हो ।

वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको बाढीपहिरोले विद्युतगृह पुरै बगाएको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनका अनुसार बाढी पहिरोले परियोजना बगाउँदा एक करोड ५० लाख रुपैयाँ बढीको क्षति पुगेको छ ।

‘बाढीले विद्युतगृहसँगै बाँध र पाइपलाइनमा पनि ठुलो क्षति पुर्याएको छ,’ उनले ऊर्जाखबरसँग भनिन, ‘भुकम्प र पहिरोले गर्दा बन्द भएको परियोजना दुई वर्षअघि मात्र पुनःनिर्माण गरि सञ्चालनमा ल्याइएको थियो, फेरी बाढीले बगायो ।’

लघु जलविद्युतको विद्युतगृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको मगरले बताए । उक्त परियोजनाबाट लुलाङ, खोरीया, मेरनी र लमसुङका ३७८ घरधुरीले विद्युत सेवा उपभोग गर्दै आएका थिए ।

२०७२ साउनमा जुगेपानीमा आएको पहिरो र भुकम्पले विद्यु्तगृह र नहर बगाएर बन्द भएको परियोजना दुई वर्षअघि एक करोड ५२ लाखको लागतमा पुनःनिर्माण गरिएको थियो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० लाख र गाउँपालिकाको ६० लाख रुपैयाँ सहयोगमा स्थानीयवासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनःनिर्माण गरिएको थियो । यसअघि यो आयोजनाको क्षमता ३३ किलोवाट थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit