काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिकाको लुलाङमा रहेको ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युतगृह बाढीले बगाएको छ । आजराति आएको अविरल वर्षापछि बाढी पहिरोले विद्युतगृह बगाएको हो ।
वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको बाढीपहिरोले विद्युतगृह पुरै बगाएको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा...}