विद्युत अपडेट

  • प्राधिकरण : ८८१६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८८९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४९९४२ मे.वा.घन्टा
  • आयात : ३३ मे.वा.घन्टा
  • निर्यात : १९७४७ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ७२६८० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३१०८ मे.वा.
२०८३ असोज १३, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । चार दिनसम्म पानीको उच्च बहाव जोखिमका कारण बन्द रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले सोमबारबाट उत्पादन पुनः सुरु गर्ने तयारी गरेको छ ।

कालीगण्डकी नदीमा पानीको बहाव घटेसँगै १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले सोमबार बिहानबाट उत्पादन पुनः सुरु गर्ने जनाएको छ ।

कालीगण्डकी–५ बेल्टारीस्थित आयोजनामा बाढीको बहाव उच्च भएपछि जोखिमबाट जोगिन विद्युत् उत्पादन बन्द गरिएको थियो । आइतबार रातीबाट पानी पर्न कम भएसँगै नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन सुरु गर्न लागिएको हो ।

आयोजना प्रमुख आत्मेस पौडेलका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरिसकेकाले सोमबार बिहानदेखि विद्युत् उत्पादन सुरु गर्न सकिने सम्भावना रहेको छ । कालीगण्डकीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडिएको थियो ।

आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत आइतबार बिहान कालीगण्डकीको बाढीले बगाएको थियो ।

लगातारको वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजारसमेत डुबानमा परेको छ । बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३