images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । खडेरीले सन् २०२३ को पहिलो ६ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ ।

नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलविद्युत् उत्पादनको गिरावटले बिद्युतीय सङ्क्रमणको गतिलाई नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको बताएको छ ।

यस वर्षको जुनसम्ममा विश्वव्यापी जलविद्युत् उत्पादन ८ दशमलव ५ प्रतिशतले गिरावट भएको उल्लेख गरेको छ । यो पछिल्लो दुई दशकमा कुनै पनि पूर्ण वर्षमा भएको गिरावट भन्दा बढी हो । उक्त गिरावटको तीन चौथाइ चीनमा भएको गिरावटको परिणाम हो ।

बेइजिङको आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार सन् २०२२ को शरद र सन् २०२३ को गर्मीयामको बीचमा चीनमा सामान्य वर्षको तुलनामा उल्लेखनीयरूपमा कम पानी परेको थियो भने तापक्रम पनि उच्च भएको थियो ।

विश्वव्यापीरूपमा सौर्य ऊर्जा र वायु शक्ति १२ प्रतिशतले बढेको भए पनि जलविद्युत् उत्पादनमा भएको कमीले सन् २०२३ को पहिलो ६ महिनामा कार्बन उत्सर्जन थोरैले वृद्धि भएको छ ।

विद्युत्को मागमा न्यून वृद्धिले अन्यथा हुनसक्ने अवस्थाभन्दा कार्बन उत्सर्जनमा हुने वृद्धिलाई कम राख्न सहयोग गरेको एम्बरले जारी बिहीबार जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

तर चीनमा जलविद्युत्को उत्पादनमा आएको कमीका कारण कार्बन उत्सर्जन झण्डै ८ प्रतिशतले बढेको छ । एम्बरले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी र खडेरीको अवस्थाले यो वर्षको जलविद्युत् उत्पादनमा कमी आएको हुनसक्ने बताएको छ । उसले भविष्यका प्रभावहरूको गणना गर्न कठिन हुने चेतावनीसमेत दिएको छ ।

एम्बरले जलविद्युत् उत्पादनको सम्भावनामा जलवायु परिवर्तनको परिणामहरू भौगोलिक आधारमा भिन्न रहेको उल्लेख गरेको छ ।

‘वर्षाको ढाँचा र तीव्रतामा आएको परिवर्तनका साथै वाष्पीकरणमा भएको वृद्धिले क्षेत्रगत आधारमा जलविद्युत् उत्पादनमा सकारात्मक र नकारात्मक दुवैरूपमा असर गर्नेछ’, प्रतिवेदनमा भनिएको छ ।

मध्य अफ्रिका, भारत, मध्य एसिया र उत्तरी उच्च अक्षांश भएका केही क्षेत्रमा जलविद्युत् उत्पादन क्षमतामा वृद्धि देखिनसक्छ । तर दक्षिणी युरोप, दक्षिणी अमेरिकी र अन्य स्थानमा जलविद्युत् उत्पादन कमजोर हुने सम्भावना छ ।

यस वर्षको राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (कोप) को बैठकमा कोपका प्रमुखले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा विश्वव्यापीरूपमा तीन गुणाले बढाउन आह्वान गरेका छन् ।

साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना सन् २०३० सम्ममा जीवाश्म इन्धनको माग उच्च हुने प्रक्षेपण गरेको थियो ।

तर गत वर्षको पहिलो छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा वायु शक्ति र सौय ऊर्जाको उत्पादन अत्यन्त सुस्त गतिमा भएको छ जसले ऊर्जा क्षेत्रमा लाभको कमजोरीलाई प्रतिबिम्बित गरेको छ ।

‘वायु र सौर्य ऊर्जाको उल्लेखनीय वृद्धि उत्साहजनक भए पनि जलवायु परिवर्तनका कारण जलविद्युत् उत्पादनमा देखिएको प्रतिकूलतालाई हामीले नजरअन्दाज गर्न सक्दैनौँ’, एम्बरका वरिष्ठ विद्युत् विश्लेषक मालगोर्जटा वेट्रस–मोटिकाले भने, ‘विश्व ऊर्जा क्षेत्र उत्सर्जनको उच्च अवस्थामा छ र यो दशकमा नवीकरणीय ऊर्जाको उत्पादन तीन गुणाले वृद्धि गर्न विश्वव्यापी सम्झौता गरेर हामीले जीवाश्म इन्धनको उत्पादनमा भएको तीव्र गिरावटलाई गति दिन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit