विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । रसुवागढी हाइड्रो पावर कम्पनी लि.ले आयोजना प्रमुख छबि गैरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पदोन्नति गरेको छ । उनी करिब ४ वर्षदेखि आयोजना प्रमुखको जिम्मेवारीमा रहेका विद्युत प्राधिकरण १०औं तहका कर्मचारी हुन् । प्रस्ट धारणा राख्ने, विषयवस्तुको गहन अध्ययन र त्यही अनुसारको नेतृत्व क्षमताकै कारण उनलाई नयाँ जिम्मेवारी दिइएको हो ।

२०५७ सालमा इन्जिनियरिङ अध्ययनकै क्रममा प्युठानको एक लघुजलविद्युत आयोजनाबाट गैरेले आफ्नो व्यावसायिक जीवन सुरु गरेका थिए । यसपछि, २०५८ सालमा अस्थायी इन्जिनियरका रूपमा प्राधिकरण प्रवेश गरे र ७० मेगावाटको मध्यमस्र्याङ्दीमा जिम्मेवारी सम्हाल्न पुगे । २०६० सालमा खुला प्रतियोगिताबाट स्थायी नियुक्ति लिएका उनले २०६७ सालदेखि करिब ६ वर्ष माथिल्लो त्रिशूली–३ ‘ए’मा रहेर काम गरे ।

२०७३ सालमा निमित्त आयोजना प्रमुखको रूपमा रसुवागढी प्रवेश गरेका गैरेलाई २०७४ सालमा आयोजना प्रमुखको जिम्मेवारी दिइएको थियो । २०४९ सालमा पूर्णामृत भवानी माध्यामिक विद्यालय (स्याङ्जा) बाट एसएलसी उर्तीण गरेका उनले २०६९ सालमा इन्जिनियरिङ अध्ययन संस्था पुल्चोकबाट ‘जलस्रोत’मा स्नातकोत्तर पूरा गरेका छन् । २०३३ साल पुस १४ गते स्याङ्जा साविक बाघखोर गाविस–२, पीपलटारीमा जन्मिएका गैरेलाई गत शुक्रबार अर्थात् मंसिर १७ गते कम्पनी सञ्चालक समितिको बैठकले सिइओको जिम्मेवारी तोकेको छ ।

यसअघि विश्व मल्ल सिइओ रहेको कम्पनीमा गैरेका लागि आगामी एक–डेड वर्षभित्र आयोजनाबाट विद्युत उत्पादन गर्नु साँच्चिकै चुनौती छ । यो चुनौतीको भारी उनले कत्तिको कुशलतापूर्वक बोक्न सक्छन्, त्यो भविष्यले नै बताउला ।  यिनै चुनौती र आयोजना निर्माणको पछिल्लो अवस्थाबारे गैरेसँग गरिएको छोटो कुराकानी :

१. रसुवागढीको पछिल्लो प्रगतिको अवस्था कस्तो छ ?

सिभिल निर्माणतर्फ टेलरेस (पानी निकास सुरुङ) र सर्ज साफ्टमा गत असोजमा बाढी पसेर समस्या भएको आयो । अहिले त्यहाँ काम भइरहेको छ । सिभिलतर्फका अन्य काम पूरा भइसक्यो । इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलतर्फ पनि नियमित काम भइरहेको छ ।

प्रसारण लाइनतर्फको काम समेत अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म आयोजनाको समग्र ८३ प्रतिशत काम पूरा भएको छ । हामी चाँडो आयोजना पूरा गर्ने प्रतिबद्धताका सात काम गरिरहेका छौं ।

२. अहिले निर्माणमा के कस्ता समस्या छन् ?

केही समस्या सदाबहार नै छन् । जस्तो, नियमित गइरहने सुख्खा पहिरो, सडकको कमजोर अवस्था, पछिल्लो समय कोरोना महामारीका कारण देखिएको कामको सुस्तता । यद्यपि, यी समस्या समाधान गर्दै काम गरिरहेकै छौं । चिनियाँ नाकातर्फ पनि अहिले समस्या छैन । सञ्चालक समितिले राय सुझाव दिने र काम छिटो सक्न प्रेरित गरेकै छ ।

३. काम गराइको आजकै गतिमा कहिलेसम्म विद्युत उत्पदन गर्न सक्छौं ?

पछिल्लो समय हाम्रो संशोधित विद्युत उत्पादनको तालिका २०७९ असार ११ गते (सन् २०२२ जुन २५) हो । अब ८–९ महिना बाँकी छ । यही अवधिमा काम पूरा गर्ने लक्ष्यका साथ हामी खटिइरहेका छौं ।

४. अबको ८–९ महिनामा निर्माण पूरा गर्नुपर्ने निकै चुनौती छ । भनाइ र गराइबीच तादम्यता मिलाउन सक्नुहुन्छ ?

बाढीले विद्युतगृहभित्र राखेका उपकरण डुबेका कारण तिनको पुनःडिजाइन गर्न केही समय लाग्ने देखिन्छ । तैपनि, हामी तोकिएको समयभित्र काम पूरा गर्न प्रतिबद्ध छौं । सोही अनुसार आयोजनास्थलमा कामदार, इन्जिनियर, ठेकेदार तथा परामर्शदातालाई परिचालन गरिएको छ ।

५. समयमै काम पूरा गर्न उच्च व्यवस्थापनबाट कस्तो खालको सहयोगको अपेक्षा राख्नुभएको छ ?

कम्पनीको सञ्चालक समिति तथा नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनबाट पूर्ण सहयोग प्राप्त भइरहेकै छ । साथै, समय–समयमा प्रदान गरिएका आवश्यक सुझाव एवं मार्गनिर्देशनले हामीलाई काम गर्न अझ सजिलो भएको छ । भौगोलिक अवस्थाले सिर्जना भएका कतिपय समस्या काबुबाहिरका हुन्छन् ।

६. भर्खरै आयोजना प्रमुखको जिम्मेवारीबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पदोन्नति हुनुभएको छ । चाँडो आयोजना पूरा गर्न तपाईंको नयाँ भूमिका के रहन्छ ?

आयोजना प्रमुख वा सिइओ जुन जिम्मेवारीमा रहे पनि मुख्य कुरा काम गर्ने हो । तोकिएको समयभित्रै निर्माण पूरा गरेर बत्ती बाल्ने विषयमा मेरो कुनै कसैसँग सम्झौता हुँदैन । मेरो अन्तिम ‘म्यान्डेड’ नै यही हो । हिजो आयोजना प्रमुख हुँदा निर्माण क्षेत्रमा बढी खटिएको थिएँ । बढी जिम्मेवारी पनि त्यतै हुन्थ्यो । अब व्यवस्थापनको समेत जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

निर्माणका गतिविधिलाई फरक ढंगले विविधिकरण गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने, उचित वा अनुभवी व्यक्तिलाई सही ठाउँमा पठाउने जस्ता काममा मेरो विशेष जोड रहन्छ । व्यवस्थापनको साथ, सहयोग र परामर्श लिँदै कम्पनीका गतिविधिलाई समेत मैले उतिकै महत्त्वका साथ पूरा गर्नेछु । अर्को कुरा, म सिइओ भएर काठमाडौंमा बसिरहन्नँ । आयोजना प्रमुख हुँदा जसरी नै निर्माण क्षेत्रमा खटिनेछु । व्यवस्थापन, स्थानीयबासी र आयोजनाका कर्मचारीहरूसँग समन्वय गरेर तोकिएको समयमै विद्युत उत्पादन गर्ने काममा म प्रतिबद्ध हुनेछु ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit