विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । प्रणालीमा विद्युत थपिँदै गएको र विद्युतगृहको उत्पादनमा पनि सुधार देखिएकाले यस्तो घोषाणा गरेको हो ।

प्राधिकरणले सोमबार औपचारिकरूपमा सूचना नै निकालेर लोडसेडिङ अन्त्यको घोषणा गर्न लागेको छ । अहिले औद्योगिक क्षेत्रको लोडसेडिङ दैनिक करिब ३ सय मेगावाट रहेकाे प्राधिकरणले जनाएको छ ।

देशभर औद्योगिक क्षेत्रको विद्युत माग करिब ३ सय मेगावाट अनुमान गरिएको छ । विद्युत उत्पादनमा वृद्धि, भारतबाट आयात तथा व्यवस्थापनले लोडसेडिङ अन्त्य गर्न सहयोग पुर्याएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वैशाखदेखि कार्यान्वयन हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य हुने बताएका थिए । यही अनुसार प्राधिकरणका कर्मचारीलाई निर्देशन पनि दिएका थिए । मन्त्री पुनको निर्देशनअनुसार काम भइरहेको छ ।

प्राधिकरणले २०७३ साल तिहार लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठडमाडौं उपत्ययकामा लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो । लगत्तै देशको प्रमुख सहरमा यसको कार्यान्वयन गरियो ।

विद्यमान प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्रमा आउन सक्ने प्राविधिक समस्या लोडसेडिङ नरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘मर्मत सम्भारका कारण विभिन्न समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोध लोडसेडिङ होइन,’ उनले भने ।

बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ । अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता) उपकरण प्रयोग गरी ऊर्जा बचतमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit