विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्थानीयबासीले रामेछाप र ओेखलढुङगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माणाधीन ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजनामा अवरोध गरेका छन् । आफुहरूसँग सहकार्य नै नगरी प्रवर्द्धक पिके हाइड्रो पावर कम्पनीले आयोजनाको निर्माण अघि बढाएको भन्दै उनीहरूले अवरोध गरेका हुन् ।

स्थानीयबासीसँग छलफल तथा सहकार्य नगरी आयोजनाको काम अघि बढाउँदा आदिवासी जनजातिको पहिचान र अस्तित्व संकटमा परेको उनीहरूको आरोप छ । स्थानीय स्रोत साधनको उपयोग गर्ने हकमा स्थानीयबासी पनि सरोकारवाला भएकाले बिना सहकार्य काम अघि बढाउँदा हुँदैन भनी आवाज उठाएको सुनुवार सेवा समाज (सुसेस) का अध्यक्ष रनविर सुनुवारले बताए ।

कम्पनीले चलाखीपूर्ण तरीकाले वातावरणीय अध्ययन प्रतिवेदन तयार पारी उत्पादन अनुमति लिई आयोजना निर्माणको काम अघि बढाएको उनले बताए ।  कम्पनीले सहकार्य नै नगरी आयोजना अघि बढाउँदा सुनुवार जातिको भाषा संस्कृति, परम्परागत सिप र धर्म संस्कारमा असर परेको स्थानीयको गुनासो छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि जग्गाको मुआब्जा तथा क्षतिपूर्तिका सम्बन्धमा स्पष्ट निर्णय नै नगरी काम अघि बढाएको स्थानीयको आरोप छ ।

कम्पनीले अघि बढाएको यो आयोजनाको निर्माण भर्खरै सुरु हुने चरणमा पुगेको छ । यो आयोजनाको बाँध खिजीमा रहने गरी डिजाइन गरिएकोे छ । बाँधमा जम्मा भएको पानी करिब ३.६ किलोमिटर लामो सुरुङमार्फत विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा ३ वटा उत्पादन युनिट जडान गरिनेछ । उत्पादित विद्युत २२ किलोमिटर दुरीमा रहेको न्यू खिम्ती सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनींले निर्माण गर्नेछ ।

आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक १७०.३७ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । बर्खामा १४०.८३५ गिगावाट घण्टा र हिउँदमा २९५४२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit