images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौंं । नुवाकोटको तादी खोलामा रहेको ५ मेगावाटको तल्लाे तादी खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । निर्माण सम्पन्न जलविद्युत आयोजनाको विद्युत शुक्रबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । 

आयोजना निर्माण सम्पन्न गरी सबै चरणको आन्तरिक परीक्षण पूरा गरी विद्युत प्रणालीमा जोडिएको प्रवद्र्धक बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनीका सञ्चालक बलाराम खतिवडाले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएर आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

आयोजनाको विद्युत २ किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

‘करिब २ साताको परीक्षण उत्पादनपछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन हुनेछ’, उनले ऊर्जाखबरसँग भने, ‘परीक्षण उत्पादनको समयमा २ सातासम्म प्राधिकरणले आयोजनाबाट निशुल्क विद्युत पाउनेछ ।’

२०७४ देखि निर्माण सुरु भएको आयोजनाबाट २०७६ मा नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, प्राधिकरणले सबस्टेसन निर्माणमा गरेको ढिलाई र विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण भएको निषेधाज्ञाले गर्दा प्रभावित भई सम्पन्न गर्न ढिला भएको पनि खतिवडाले बताए ।

आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि उत्पादन ढिला हुँदा लागत बढेको कम्पनीले जनाएको छ । आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तादी बेसिनमा यो आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit