विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । यारु हाइड्रो पावर प्रालिले गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर १ मा ३०.५९ मेगावाटको यारु खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

कम्पनीले निर्माण गर्न लागेको आयोजनाको प्रस्तावित वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमाथि राय/सुझाव मागे गरिएको हो । प्रभावितले आगामी ७ दिनभित्र आफ्नो राय/सुझाव दिनुपर्नेछ ।

आयोजना बाँधबाट ९३ मिटरको टेलरेस, ३६३५ मिटरको हेडरेस सुरुङ, २५७० मिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइने गरी डिजाइन तयार गरिएको छ । विद्युतगृहमा ३ वटा टवाईन जडान हुनेछ ।

टवाईनमा जडान भएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजना निर्माणका लागि १५.३७ हेक्टर जग्गा आवश्यक पर्ने देखिएको छ । जसमध्ये, ११.७७ हेक्टर स्थायी र ३.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्छ । राष्ट्रिय वनको ११.२ हेक्टर  र निजी जग्गा ४.२५ हेक्टर  आवश्यक पर्ने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit