विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवास्थित १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माणले गति लिएको छ । आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएकाले निर्माणले गति लिएको हो ।

अहिले आयोजनामा हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य धमाधम भइरहेको प्रवर्द्धक रसुवागढी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए । उनका अनुसार कोरोना (कोभिड–१९) महामारी फैलिएपछि भारत गएको इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार फर्किएर काम गरिरहेको छ ।

‘इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रो फर्किएर आयोजना स्थलमा काम गरिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘उसले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडान गरिरहेको छ ।’ उनले भोइथ हाइड्रोका प्राविधिक तथा कामदार छठ पर्वपछि फर्किएर आयोजनामा खटिएको बताए ।

कोरोना कालमा इलेक्ट्रोमेकानिकलतर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो । अहिले आयोजनामा जडान हुने इलेकट्रोमेकानिकलतर्फका ९९ प्रतिशत उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । जडान कार्य पनि भइरहेको छ ।

नेपालमा लकडाउन सुरु भएपछि भोइथ हाइड्रोका प्रविधिक तथा कामदार भारत गएका थिए । उनीहरू गएर लामो समयसम्म नफर्किएपछि डेढ वर्षसम्म काम रोकिएको थियो । डेढ वर्षपछि गत कात्तिक अनत्यमा उनीहरू फर्किएर फेरि आयोजनामा काम गरिरहेका छन् ।

यस्तै, हाइड्रोमेकानिकलतर्फको उपकरण जडान कार्य पनि भइरहेको छ । सिभिलको काम पनि अन्तिम चरणमा पुगेको छ । सिभिल ठेकेदार कम्पनीका चीन गएका कामदार फर्किन नसकेपछि नेपाली कामदार खटाएर आयोजनाको निर्माण जारी राखिएको थियो । सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम आगामी चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ ।

यो आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका छ । नेपाल विद्युत प्राधिकरणले पनि चाँडै आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेको छ । आयोजनाको करिब ८३ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।

८ वर्षमा पनि आयोजना निर्माणकै चरणमा रहेकाले चाँडै सम्पन्न गर्नुपर्ने दवाव प्रवद्र्धक कम्पनीलाई छ । लट–१ (सिभिल तथा हाइड्रो मेकानिकल) को काम गर्न २०७० पुस २१ गते चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई) सँग ठेक्का सम्झौता भएको थियो । उसले काम सुरु गरेकै ८ वर्ष भइसकेको छ ।

यस्तै, लट–२ (इलेक्ट्रो मेकानिकल) को काम गर्न २०७१ साउन १५ गते भारतीय कम्पनी भोइथ हाइड्रो प्रालिसँग सम्झौता भएको थियो । यसले काम सुरु गरेको पनि साढे ७ वर्ष भइसकेको छ ।

बाढी–पहिरो, भूकम्प, भारतले गरेको नाकाबन्दी जस्ता प्राकृतिक प्रकोपबाट आयोजना प्रभावित हुँदा विद्युत उत्पादन तालिका पटक–पटक प्रभावित हुँदै आएको छ ।  पछिल्लो २ वर्ष यता विश्वव्यापिरूपमा फैलिएको कोरोना महामामारीका कारण पनि आयोजनाको निर्माण प्रभावित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit