विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ६० मेगावाटका सौर्य विद्युत आयोजनाको अध्ययन पूरा भएको छ । देशका विभिन्न जिल्लामा पहिचान भएको ९ सौर्य विद्युत  आयोजनाको अध्ययन सकिएको हो ।

विद्युत विकास विभागका अनुसार अध्ययन पूरा भएका आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । निजी र सरकारी ऊर्जा उत्पादककहरुले निर्माण अनुमतिका लागि आवेदन दिएका हुन् ।

आवेदन दिने मध्ये १० मेगावाटका ४ सौर्य आयोजना छन् । बाँकी ५  साना आयोजना छन् । १० मेगावाटको सौर्य आयोजना अनुमतिका लागि क्रमशः इको पावर डेभलपमेन्ट, पोजेटिभ इनर्जी, पशुपति रिनुअबल् र झापा इनर्जीले आवेदन दिएका छन् ।

इको पावरले सौर्य आयोजना निर्माण अनुमति माग गर्दै गत २०७७ चैत्र १८ गते आवेदन दिएको विभागले जनाएको छ । यस्तै, पोजिटिभ इनर्जी र पशुपति रिनुअबल्ले कपिलवस्तुमा आयोजना निर्माण गर्न अनुमति माग गर्दै विभागमा आवेदन दिएका छन् । पोजेटिभ इनर्जीले गत बैशाख २३ गते र रिनुअबल्ले गत साउन १५ गते आवेदन दिएका हुन्।

झापा इनर्जी लिमिटेडले पनि झापामा १० मेगावाटको आयोजना अघि बढाउन गत जेठ ३१ गते आवेदन दिएको विभागको तथ्याङ्कमा छ । यस्तै, एसियन टेक कर्पोरेसनले सिराहामा ४ मेगावाटको सौर्य आयोजना अघि बढाएको छ । कम्पनीले अध्ययन पूरा गरी निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको छ ।

२०७६ मंसिर १२ गते आवेदन  दिएको थियो । आवेदन पेश गरेको २ वर्ष वितिसक्दा पनि कम्पनीले अझै अनुमति पाएको छैन् । इस्ट सोलारले ५ मेगावाटको आयोजना निर्माण गर्न २०७७ चैत्र ८ गते विभागमा आवेदन दिएको छ । यो आयोजनाको झापामा निर्माण हुनेछ । अपि पावर कम्पनीले पनि १ मेगावाटको सौर्य आयोजना निर्माण गर्न अनुमति माग गरेको छ । कम्पनीले निर्माण अनुमतिका लागि गत २०७६ मंसिर १३ गते आवेदन दिएको थियो ।

यस्तै, नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा ९.५९ मेगावाटको २ सौर्य आयोजनाको अनुमति माग गर्दै विभागमा आवेदन दिएको छ । प्राधिकरणले गत असोज १२ गते अनुमति माग गर्दै आवेदन दिएको हो ।

पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएको छ । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो ।

जलविद्युतको भन्दा कम लागत तथा छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा लगानीकर्ताको आकर्षण सौर्य ऊर्जामा बढिरहेको हो । विद्युत खरिद दर निर्धारण भएपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी धेरै सौर्य विद्युत आयोजना निर्माणमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit