images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतको दिल्ली प्रदेश सरकारले ‘दिल्ली सौर्य ऊर्जा नीति २०२४’ जारी गरेको छ । ऊर्जाको भविष्य थप दिगो बनाउन दिल्ली सरकारले यस्तो नीति ल्याएको हो । नीतिले रुफटफ सोलार प्रयोगकर्ता आमनागरिकलाई विभिन्न लाभको प्रत्याभूति गरेको छ । रूफटप सोलार प्यानल प्रयोग गर्ने आवाशीय उपभोक्ताले जति विद्युत् खपत गरे पनि उनीहरूले आफ्नो विद्युत्‌काे बिललाई शून्य बनाउन सक्ने व्यवस्था नीतिले अघि सारेकाे छ । 

मुख्यमन्त्री अरबिन्द केजरिवालले नीति सार्वजनिक गर्दै रुफटप सोलार प्रयोग गर्ने उपभोक्तालाले मासिक २०० युनिटसम्म बिजुली खपत गर्दै प्रतिमहिना ७ सयदेखि ९ सय रुपैयाँसम्म उत्पादनमा आधारित लाभ प्राप्त गर्न सक्ने बताएका छन् । नीतिले रुफटप सोलार प्यानल स्थापना गर्न आवाशीय ग्राहकका लािग प्रतिकिलोवाट २ हजारका दरले बढीमा १० हजार भारतीय रुपैयाँसम्म पूँजीगत अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै, सोलार प्यानल प्रयोग गर्नेहरूले सरकारकारको जिबिआई स्किमअन्तर्गत मासिक थप आय गर्न पनि सक्नेछन् । 

नीतिका अनुसार सरकारले सरकारले ३ किलोवाटसम्मको सोलारका लागि प्रतियुनिट २ रुपैयाँ र ३ देखि ५ किलोवाटसम्मका सोलारका लागि २ रुपैयाँ प्रतियुनिटका दरले ५ वर्षसम्म भुक्तानी समेत दिने छ । २०१ देखि ४०० युनिटसम्म बिजुली खपतमा ५० प्रतिशतको अनुदानसहित शुन्य  लागतको बिल प्राप्त गर्ने योजना अघि सारेको छ ।

व्यावसायिक तथा औद्योगिक ग्राहकले रुफटफ सोलर जडान गर्दा उनीहरूको बिजुली खर्च ५० प्रतिशतसम्म घट्ने छ । दिल्लीमा विद्यमान सौर्य ऊर्जाको जडित क्षमता १,५०० मेगावाट छ । यसमा २५० मेगावाट रूफटम सोलार प्लान्टबाट उत्पादन भएको छ । दिल्ली सरकारले सन् २०२७ सम्म सौर्य ऊर्जा उत्पादन क्षमता ४५०० मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । उक्त परिमाण दिल्ली सहरको कूल खपतको २० प्रतिशत हुन आउँछ । 

नयाँ नीतिले आगामी ३ वर्षभित्र ५०० वर्गमिटर क्षेत्रफल बनेका सरकारी भवनहरूले अनिवार्य रुपमा रुफटप सोलार प्यानल जडान गर्नुपर्ने व्यवस्था गरेको छ । नीतिले सीमित रुफटप स्पेस भएका तथा पूँजी लगानीको स्रोत नभएका ग्राहकलाई सम्बोधन गर्न सामुदायिक सोलारको अवधारणा पनि अघि बढाएको छ । दिल्ली सरकारले दिगो र पर्यावरण–मैत्री भविष्यप्रति आफ्नो समर्पणलाई जोड दिँदै नीतिको पूर्ण कार्यान्वयनका लागि ५.७ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit