विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन–२०८२ को पछिल्लो मत परिणाम अनुसार ऊर्जा क्षेत्रबाट २ उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका इन्जिनियर श्रीराम न्यौपाने तनहुँ–२ बाट र ऊर्जा उद्यमी भरतप्रसाद पराजुली सिन्धुपाल्चोक–१ बाट विजयी भएका हुन् । 

न्यौपाने रास्वपाको ऊर्जा तथा जलस्रोत विभाग प्रमुखसमेत हुन् । उनले नागढुङ्गा सुरुङमार्गको आयोजना निर्देशक भई काम गरेका थिए । सुरुङ निर्माणको समेत विज्ञता हासिल गरेका उनी ऊर्जाविज्ञ तथा ऊर्जा उद्यमीसमेत हुन् ।

उनी ३२ हजार ६८७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका शङ्‌कर भण्डारीले १४ हजार १३५ मत पाएका छन् । 

त्यस्तै, पराजुली स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को केन्द्रीय सदस्य हुन् । लामो समयदेखि ऊर्जा क्षेत्र तथा समाजसेवामा सक्रिय रहँदै आएका उनी एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरका अध्यक्षसमेत हुन् ।

उनी २४ हजार ४१२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का माधव सापकोटाले १७ हजार ३२७ मत पाएका छन् ।

याे पनि पढ्नुहाेस् : चुनावी सरगर्मीबीच नागरिकका घरदैलोमा ऊर्जा क्षेत्रका ८ उम्मेदवार

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३