विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको न्यादी खोलामा निर्माण भएको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाबाट आगामी मंगलबारदेखि व्यापारिक उत्पादन सुरु हुने भएको छ । परीक्षण उत्पादन सफल भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुन लागेको हो ।

परीक्षण उत्पादन अन्तिम चरणमा पुगेको आयोजनाबाट ३ दिनभित्र व्यापारिक उत्पादन सुरु हुने न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । ‘आयोजनाको परीक्षण उत्पादन सकिन लागेको छ, परीक्षण उत्पादन सम्पन्न भएपछि व्यापारीक उत्पादन सुरु गरिनेछ’, उनले भने, ‘अहिले आयोजनाबाट करिब १२्/१३ मेगावाट विद्युत उत्पादन भइरहेकाे छ ।’

आयोजनाको काम २ महिनाअघि नै सम्पन्न भएको थियो । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी विद्युतगृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन करिब २ महिना ढिलो हुन गएको छ ।

आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्य मर्स्याङ्दी  १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

सन २००० मा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) ले आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र लेड्कोको सहमतिपछि २०६३ फागुन १७ गते न्यादी कम्पनी खोलेर आयोजना अगाडि बढाइयो । सुरुमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्याइएको थिाो ।

विद्युत उत्पादन गर्न न्यादी खोलामा बाँध बाँधेर फर्काइएको पानी करिब ४ किलोमिटर सुरुङ र साढे ७ सय मिटरको पेनस्टक पाइपबाट ठूलीबेँसीस्थित विद्युतगृहमा खसालिएको छ । आयोजनाको सिभिलतर्फको निर्माणको जिम्मा चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले अध्ययन, खरिद र निर्माण (इपिसी) मोडलमा पूरा गरेको छ । कम्पनीसँग २०७३ साल माघ ३ गते ठेक्का सम्झौता गरिएको थियो ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले आयोजनामा लगानी गरेका छन् । नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit