विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दी जिल्लाको घारखोलामा निर्माण सम्पन्न १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण सुरु भएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको जेठ २४ (बुधबार) गतेदेखि ‘ड्राई टेष्ट’ सुरु भएको हो ।

आयोजनाको बाँध, सुरुङमार्ग, विद्युतगृह सबैको काम पुरा गरी उपकरण जडान समेत सम्पन्न गरेर आन्तरिक परीक्षण गरेको सुरु गरेको आयोजना प्रमुख विनोद देवकोटाले बताए । ‘अहिले आन्तरिक परीक्षणको काम भईरहेको छ’ उनले ऊर्जा खबरसँग भने, आन्तरिक परीक्षणको काम सकेपछि एक साताभित्र उत्पादन परीक्षण (वेव टेष्ट) सुरु गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएर परीक्षण पूरा गरेपश्चात उत्पादन परीक्षण सुरु हुने कम्पनीले जनाएको छ । परीक्षण उत्पादन सुरु गरेपछि दुई साता प्राधिकरणलाई निशुल्क विद्युत दिइनेछ ।

आयोजनाबाट वार्षिक ७८.६५ गिगावाट घण्टा विद्युत उतपादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत विद्युतगृहदेखि ८ किलोमिटर दुरीमा रहेको प्राधिकरणको दाना सबस्टेनमा  जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन आफैले निर्माण गरेको कम्पनीले जनाएको छ । 

४ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरण आयातमा प्रभावलगायत विविध कारणले तालिका सरेको देवकोटाले बताए । पछिल्लो तालिका अनुसार आयोजनाबाट २०८० जेठिभित्र विद्युत उत्पादन गर्नुपर्नेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ । कम्पनीले उक्तआयोजनाको काम २०७५ सालदेखि सुरु गरेको थियो । 

आयोजनाको थप विवरण

याेजनाकाे नाम ः घार खाेला

प्रवर्द्धक : म्याग्दी हाइड्रो पावर कम्पनी

जिल्ला : म्याग्दी

क्षमता : १४ मेगावाट

निर्माण सुरु भएको मिति : २०७५ साल

पाइपालाइन : १२०० मिटर

सुरुङ : ३५०० मिटर

उत्पादन लक्ष्य : २०८० जेठभित्र

विद्युत जोडिने विन्दु : दाना सबस्टेसन

प्रसारण लाइन : ३३ केभी, ८ किलोमिटर

अनुमानित लागत :  २ अर्ब ४२ करोड रुपैयाँ

वार्षिक ऊर्जा  उत्पादन ः ७८.६५ गिगावाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit