विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/८० भित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३००० मेगावाट पुग्ने बताएका छन् । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्राधिकरण र निजी जलविद्युत प्रवर्द्धकले निर्माण गरिरहेको करिब ८०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको घिसिङले बताए । उनका अनुसार अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन हुनेछ ।

अहिले सुदूरपश्चिमको कालंगा गाड बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाट र दोर्दी बेसिनमा निर्माण पूरा भएका ६४ मेगावाट विद्युत प्रणालीमा जोडिने अवस्था छ । यस्तै, ५७ मेगावाटको सान्जेन, १४.९ मेगावाटको माया खोला, १११ मेगावाटको रसुवागढी, ८६ मगावाटको दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, २८.१ मेगावाटको तल्लो लिखु, ९.६ मेगावाटको दरम खोला,  ४० मेगावाट क्षमताको खानी खोला–१ लगायत आयोजनाबाट विद्युत उत्पादन हुने देखिएको छ ।

‘१५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिब ५ अर्ब रुपैयाँ प्राधिकरणबाट राजश्व संकलन हुनेछ’, उनले भने, ‘सरकारलाई वार्षिक रुपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको छ, विद्युत प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिव ७० करोड रुपैयाँ राजश्व तिर्ने गरेको छ ।’

१५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरू रहेकाले १० प्रतिशतले राजश्व बढेको पनि उनले बताए । ‘जलविद्युत आयोजनाहरूको प्रवद्र्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्नेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३