images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीमा  याे वर्ष बर्खा याममा आएकाे बाढी र पहिराेका कारण राेकिएकाे २४ मेगावाटकाे मादमे खाेला जलविद्युत आयाेजनाकाे पहुँच सडककाे निर्माण कार्य आगामी साताबाट सुरु गरिने भएकाे छ । आयाेजनाकाे संरचना निर्माणकाे सुरु गर्नुअघि सम्पन्न गर्नु पर्ने पहुँच सडककाे राेकिएकाे काम सुचारु गर्न लागिएकाे हाे ।

कास्कीको मादी गाउँपालिकास्थित आयाेजना स्थलमा राेकिएकाे काम पुनःसुरु गर्न लागिएको मादमे खोला हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष सुशन कर्मचार्यले बताइन् । उनका अनुसार निर्माणाधीन ७ किलोमिटर लामो पहुँच सडककाे ७५ प्रतिशत भाग पहिराे खसेर पुरिएपछि काम बन्द गरिएको थियो ।

पहुँच सडककाे काम पूरा भएपछि आवश्यक उपकरण आयोजनास्थलमा पुर्याएर सिभिल संरचनाको काम सुरु गरिने पनि उनले बताइन् ।

आयोजनाको संरचनाकाे निर्माण सुरु गर्नुअघि गर्नुपर्ने  पूर्व तयारीकाे कामका लागि ल्याइएकाे विद्युत केवल, साढे ४८ हजार लिटर डिजेल, एक ड्रम ग्रेस ओइल, २ ड्रम  हाइड्रो इलेक्ट्रिकल ओइल बर्खाकाे बाढीले बगाएको थियो । बाढी र पहिरोले असर पुर्याउँदा १० करोड रुपैयाँ बढीको क्षति भएको कम्पनीले जनाएको छ ।

पहिरोले क्षति पुर्याउनु अघि आयोजनाको पहुँच सडक निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । साथै, कर्मचारी बस्ने आवासगृह (साइट क्याम्प) बनाउने काम सकिएको छ ।

गत २०७७ असार ३ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति लिई अघि बढेको आयोजनाको सिभिल संरचनाको काम पहुँचमार्ग निर्माण पूरा भएपछि सुरु गरिनेछ । आयोजना सम्पन्न गर्न ४ अर्ब ४८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष, एनआइसी एसिया र प्रभु बैंकले ७५ प्रतिशत अर्थात ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।बाँकी २५ प्रतिशत स्वपुँजी लगानी रहेको छ । आयोजनाबाट २०८० भित्र विद्युत उत्पादन सुरु गर्ने योजना रहेको पनि कर्मचार्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit