विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ८ अर्ब ७२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने चरणमा रहेका जलविद्युत परियोजनामा उक्त ऋण प्रवाह गरेको हो ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएको जलविद्युत आयोजना यति ऋण प्रवाह गरेको हो । आर्थिक वर्ष (आव) को चैतसम्मको अवधिमा विभिन्न जलविद्युत आयोजनामा ८ अर्ब ७२ करोड ऋण प्रवाह गरेको कम्पनी सार्वजनिक गरेको आव २०७९/८० को तेस्रो त्रैमासको वित्तिय विवरणमा उल्लेछ छ । विवरण अनुसार यस त्रैमासिक अवधिमा मात्र १ अर्ब ३१ करोड रुपैयाँ ऋण प्रवाह भएको छ ।

यो अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ ऋण असुली गरेको कम्पनीले जनाएको छ । यस्तै, आव २०७९/८० को चैत  मसान्तसम्ममा स्वँपूजी लगानी अन्तर्गत सहायक कम्पनी तथा सार्वजनिक एवम् निजी प्रवद्धित जलविद्युत आयोजना वा कम्पनीमा ३ अर्ब १३ करोड रुपैयाँ स्वँपूजी लगानी भएको जनाएको छ ।

सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७७.५ मेगावटको घुन्सा खोलामा ६० करोड र सिम्बुवा रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७०.३ मेगावटको सिम्बुवा खोलामा ४१ करोड रुपैयाँ सेयर लगानी भइसकेको छ ।

यसका अतिरिक्त कम्पनीमा रणनीतिक साझेदारी, सरकारी क्षेत्र तथा नीजि क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका जलविद्युत आयोजनाहरूमा करिब ७० अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीका लागि प्रस्तावहरू प्राप्त भई अध्ययन तथा मूल्याकंन भइरहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३