विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख १८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष (आव २०७९/८०) मा निजी क्षेत्र तथा नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयाेजनाबाट ८०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाे छ । अहिले निर्माणाधीन विद्युत आयोजना सम्पन्न भई अबको १२ महिनाभित्र प्रसारण प्रणालीमा थपिने भएकाे हाे ।

विद्युत खरिद सम्झौता (पिपिए) अनुसार विद्युत उत्पादन गर्न निर्माण भइरहेका र निर्माण अन्तिम चरणमा पुगी विविध कारणले गत आर्थिक वर्षमा आउन नसकेका ८ सय मेगावाटका आयोजनाको विद्युत चालू वर्षमा प्रणालीमा जोडिने प्रक्षेपण रहेको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । युएसएड अन्तर्गतकाे ऊर्जा नेपाल परियाेजनाले बुधबार काठमाडौंमा आयोजना गरेको ‘क्रस बोर्डर विद्युत व्यापार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो उक्त कुरा बताएका हुन् ।

अहिले सुदूरपश्चिमकाे कालंगा गाड बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाट र दोर्दी बेसिनमा निर्माण पूरा भएका ६४ मेगावाट विद्युत प्रणालीमा जोडिने अवस्था छ । यस्तै,५७ मेगावाटको सान्जेन, १४.९ मेगावाटको माया खोला, ८६ मगावाटको दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, २८.१ मेगावाटको तल्लो लिखु, ९.६ मेगावाटको दरम खोला,  ४० मेगावाट क्षमताको खानी खोला–१ लगायत आयाेजनाबाट विद्युत उत्पादन हुने देखिएकाे छ ।

हाल दर्जनाैं साेलार आयाेजनाहरू समेत निर्माण भइरहेकाे हुँदा प्रणालीमा साैर्य विद्युतकाे पनि याेगदान थपिने देखिएकाे छ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३