विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नदीमा पानीको सतह कम हुँदै गएपछि नेपाल विद्युत प्राधिकरणका ठूला जलविद्युतगृहको विद्युत उत्पादन सुचारु भएको छ । नदीमा पानीको सतह घटेर खतराको लेवलभन्दा तल झरेपछि उत्पादन सुचारु गरिएको हो ।

१४४ मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६० मेगावाटको त्रिशूली–३ ‘ए’, १४.८ मेगावाटको मोदीखोलालगायत जलविद्युत केन्द्रको उत्पादन सुचारु भएको प्राधिकरण ठूला उत्पादन सञ्चालन तथा संभार विभाग प्रमुख रामकुमार यादवले बताए । उनका अनुसार सबै जलविद्युतगृहले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेका छन् ।

नदीको बाढीमा बालुवा तथा हिलो मिसिएको लेदो पानी आएकाले कालीगण्डकीको विद्युतगृहका मेसिन बन्द गरिएकोमा त्यसको ३५ घन्टापछि नै उत्पादन सुचारु गरिएको थियो । अहिले कालीगण्डकी पूर्ण क्षमतामा चलिरहेको केन्द्र प्रमुख पशुपति गौतमले बताए ।

‘असार १ गते केही घन्टा बन्द गरेर उत्पादन सुचारु गराएका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘खोला धमिलो पानी र काठ बगेर आउन थालेपछि संरचनामा क्षति नहोस भनेर फेरि उत्पादन बन्द हुन पुग्यो ।’ उनले ३५ घन्टासम्म उत्पादन बन्द हुँदा प्राधिकरणको विद्युत बिक्रीबाट हुने ५ करोड ४ लाख रुपैयाँ आम्दानी गुमेको बताए ।

यस्तै, लमजुङस्थित मध्यमर्स्याङ्दीको उत्पादन पनि सुचारु भइसकेको छ । असार १ गतेबाट बन्द भएको उत्पादन ३ गतेबाट नै सुचारु भइसकेको केन्द्र प्रमुख शिवकुमार साहले बताए । उनका अनुसार बाढीको पानीले खतराको लेवल पार गरेपछि ६६ घन्टासम्म उत्पादन बन्द गरिएको थियो ।
६६ घन्टाको उत्पादन खेर जाँदा जलविद्युत केन्द्रको ३ करोड ६३ लाख रुपैयाँ आम्दानी गुमेको पनि उनले जानकारी दिए ।

लमजुङमै रहेको ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन भने अझै सुचारु हुन सकेको छैन । बाढीले जलविद्युत केन्द्रको संरचनाको डिसेन्डर (बालुवा त्रिग्राउने पोखरी) पुरिदिएकाले उत्पादन सुचारु हुन नसकेको हो । अहिले डिसेन्डरको सफाई तथा मर्मतको काम भइरहेको केन्द्र प्रमुख बद्री फुयालले बताए ।

सरसफाई तथा मर्मतको काम सम्पन्न गरी साँझबाट उत्पादन सुचारु गर्ने तयारी भइरहेको पनि उनले बताए । बाढीका कारण प्रणालीबाट बिच्छेद हुन पुगेका त्रिशूली–३ ‘ए’ र मोदीखोला लगायतको उत्पादन पनि सुचारु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit