विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण उपल्लो र माथिल्लो खिम्ती जलविद्युत आयोजनाले १८ करोड रुपैयाँ आम्दानी गुमाएका छन् । प्रसारण लाइन समयमा तयार नहुँदा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्तीको प्रवद्र्धक हिमालयन ऊर्जा विकास कम्पनीले विद्युत बिक्रीबाट हुने यति आम्दानी गुमाएको हो ।

३ महिनाअघि नै आयोजनाको निर्माण सम्पन्न भइसके पनि प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन पाएको छैन् । आयोजना पूरा भए पनि प्रणालीमा जोडिन नपाउँदा २०७७ फागुनदेखि दुवै आयोजनाको विद्युत खेर गइरहेको प्राविधिक तथा आयोजना व्यवस्थापन सरोजकुमार उपाध्याले बताए ।

‘प्रसारण लाइन भएको भए दुवै आयोजनाबाट मासिक ६ करोड रुपैयाँ आम्दानी हुन्थ्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, प्रणालीमा जोडिन नपाउँदा आयोजनाले उत्पादन गर्ने विद्युत खोलामै बगेर खेर गइरहेको छ ।’ उनले ३ महिनाअघि नै दुवै आयोजनाको निर्माण सम्पन्न गरी आन्तरिक परीक्षण समेत गरिसकेको बताए ।

कोरोना (कोभिड–१९) माहामारीको प्रभाव प्रसारण लाइन निर्माणमा परेकाले आयोजनाको विद्युत उत्पादन तालिका अनिश्चित बनेको कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले भने कुनै अवरोध नहुने हो भने ४ महिनाभित्रमा प्रसारण लाइन पूरा भई सञ्चालनमा आउने बताउँदै आएको छ ।

आयोजनाको विद्युत ४ महिना अझै खेर जाने हो भने थप २४ करोड रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपर्ने अवस्था आउने उपाध्यायले बताए । करोडौंको आम्दानी गुम्दा बैंकको ब्याजको भार थपिँदा आयोजना थप महंगो हुन जाने उनको भनाइ छ ।

यी आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको करिब ७५ प्रतिशत निर्माण पूरा भइसकेको छ । प्रसारण लाइनको १५ वटा टावर ठड्याउन बाँकी छ । तार तान्ने काम सबै बाँकी छ ।

३ अर्ब १५ करोड रुपैयाँ लागतमा निर्माण पूरा भएका यी आयोजनाबाट २०७५ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्याकै कारण आयोजनाको निर्माण लम्ब्याई २०७७ सम्म पुर्याउँदा पनि प्रसारण लाइन तयार नहुँदा विद्युत खेर जाने अवस्था आएको कम्पनीले जनाएको छ ।

उपल्लो र माथिल्लो खिम्तीको जस्तै समस्या निजी लगानीमा निर्माण भएका दर्जन बढी आयोजनाले भोगिरहेका छन् । केही प्रसारण लाइन समयमा नबन्दा प्रणालीमा जोडिन पाएका छैनन् भने केही पूर्ण क्षमतामा चल्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit