विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना महामारी (कोभिड–१९) को संक्रमण बढिरहँदा विद्युत् व्यवसायमा संलग्न प्रवर्द्धकहरूसँग भएका अक्सिजन सिलिन्डर नजिकको अस्पताललाई उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ । अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेको र यही कारण बिरामीको ज्यानसमेत जोखिममा परिरहेको हुँदा यस्तो आग्रह गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैशाख २० गते विद्युत् विकास विभागलाई निजी प्रवर्द्धकसँगको अक्सिजनको परिमाण उपलब्ध गराउने व्यवस्था मिलाउन परिपत्र गरेको थियो । मन्त्रालयको पत्रअनुसार विभागले सबै निजी प्रवर्द्धकहरूलाई आफूसँग भएको अक्सिजन सिलिन्डर नजिकैको स्वास्थ्य संस्थामा उपलब्ध गराउन आह्वान गरेको छ ।

विभागको पत्रमा भनिएको छ– कोभिड–१९ महामारीले सिर्जना गरेको विकराल परिस्थितिमा सम्पूर्णले आ–आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने अवस्था रहेकोले निजी क्षेत्रबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा भएका अक्सिजन सिलिन्डरहरू नजिकैको स्वास्थ्य संस्था वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोभिड–१९ का बिरामीले प्रयोग गर्ने गरी व्यवस्था मिलाइदिनुहुन अनुरोध छ ।

प्राधिकरणले सञ्चालनमा रहेका आफ्ना विद्युत्गृहमा रहेका अक्सिजन सिलिन्डर समेत संकलन गरी नजिकको स्वास्थ्य संस्थाको प्रयोजनको लागि उपलब्ध गराउन सुरु गरेको जानकारी दिएको छ । केही विद्युत्गृह त आफूसँग भएका सिलिन्डर उपलब्ध गराइसकेको जनाएका छन् ।

उता नेपाल विद्युत् प्राधिकरणले पनि अक्सिजन उत्पादनसँग जोडिएका उद्योगको विद्युत् आपूर्तिमा समस्या नहुने व्यवस्था मिलाएको छ । प्राधिकरणले बिनाअवरोध त्यस्ता उद्योगलाई विद्युत् उपलब्ध गराइरहेको र समस्या आएमा कर्मचारीलाई उच्च सतर्कताका साथ तैयाथ राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit