विद्युत अपडेट

  • प्राधिकरण : ९८८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७६० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५९०८ मे.वा.घन्टा
  • आयात : २५ मे.वा.घन्टा
  • निर्यात : १३९११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८० मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : २२८६ मे.वा.
२०८० असोज १६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । आन्तरिक विद्युत खपतमा नयाँ रेकर्ड बनेको छ । शुक्रबार इतिहासकै सबैभन्दा बढी विद्युत खपत भई नयाँ रेकर्ड बनेको हो ।
शुक्रबार विद्युतको उच्च माग बढेर १५२५ मेगावाटसम्म पुगेको छ ।

यो मागले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।‘यो वर्ष विद्युतको उच्च माग १५ सय मेगावाट नाघ्ने प्रक्षेपण नै थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘सोही अनुसार तयारी पनि गरेका थियौं । गएको शुक्रबार विद्युत खपतमा नयाँ रेकर्ड नै बन्यो  ।’

उनले देशभरमा गर्मी बढेकाले पंखा, एसी, कुलर लगायतका विद्युतीय उपकरणको प्रयोग बढी हुँदा विद्युत खपत पनि बढेको बताए । शुक्रबार विद्युतको उच्च माग १५२५ मेगावाट हुँदा प्राधिकरणको उत्पादन ४८४ मेगावाट थियो । निजी क्षेत्रको उत्पादन ८६२ मेगावाट थियो । भारतबाट १६६ मेगावाट विद्युत आयात गरिएको थियो । यो दिन १५ मेगावाट विद्युत प्रणालीबाट बिच्छेद थियो ।

शनिबारको उच्च माग शुक्रबारको तुलनामा केही घट्यो ।  शनिबार सार्वजनिक विदा भएका कारण पनि उच्च माग घटेर १४२२ मेगावाटमा झरेको हो । प्राधिकरणले यो दिन आफ्नो ४८० मेगावाट, निजी क्षेत्रको ८८६ मेगावाट उत्पादन तथा ५६ मेगावाट भारतबाट आयात गरी आपूर्ति व्यवस्थापन मिलाएको थियो । 

शनिबारको तुलनामा आइतबार फेरि विद्युतको उच्च माग बढेको छ । आइतबार विद्युतको उच्च माग हुने समयको खपत १५१३ मेगावाट देखिएको प्राधिकरणले जनाएको छ । यो दिन प्राधिकरणका विद्युतगृहले ४८५ मेगावाट उत्पादन गर्दा निजी क्षेत्रले ८१३ मेगावाट योगदान प्रणालीमा गरेको छ । भारतबाट २१५ मेगावाट विद्युत आयात भएको छ ।

उपत्यकाको विद्युतको उच्च माग पनि बढेको छ । उपत्यकामा आइतबारको उच्च माग २९६ मेगावाट रहेको तिम्सिनाले जानकारी दिए । यो अघिल्लो वर्षको यही दिनको तुलनामा ५८ मेगावाट बढी हो ।

बर्खामा आन्तरिक विद्युत उत्पादन बढ्ने हुँदा आयात कम हुँदै गएको छ । शनिबार ५६ मेगावाट हाहारीमा मात्रै विद्युत आयात भएकोमा शुक्रबार र आइतबारको आयात बढी देखिएको छ । अहिले माथिल्लो तामाकोसीको परीक्षण उत्पादन चलिरहेकाले आयातमा घटबढ भइरहेको तिम्सिनाले जानकारी दिए । 

माथिल्लो तामाकोसीबाट व्यापारिक उत्पादन सुरु भएपछि भने बर्खाको विद्युत आयात सून्यमा झार्न सकिने प्राधिकरणले जनाएको छ । सुख्खा याममा आन्तरिक उत्पादन घटेका बेला भारतबाट साढे ८ सय मेगावाटसम्म विद्युत आयात गरी आपूर्ति व्यवस्थापन गरिएको थियो ।

गत बैशाख १६ गतेपछि निशेधाज्ञा अवधिमा विद्युतको उच्च माग १ हजारदेखि १२ सय मेगावाट हाराहारीमा थियो । सबैभन्दा कम ९ सय मेगावाटमा झरेको थियो । प्राधिकरणले यो वर्ष बर्खामा विद्युतको उच्च माग १५ सय मेगावाट माथि जाने प्रक्षेपण गरी सोही अनुसार आपूर्ति व्यवस्थापन मिलाउने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit