विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले विद्युत आपूर्ति सुधार गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लाको खोपासीमा निर्माण गरेको ३३/११ केभीको खोपासी सबस्टेसन चार्ज भएको छ । निर्माण सम्पन्न सबस्टेसन शुक्रबार (चैत २४ गते) चार्ज गरिएको हो ।

सबस्टेसन चार्ज भएसँगै जिल्ला अन्तर्गतका बेथानचाेक ढुंखर्क, पनौति, खोपासीलगायतका क्षेत्रमा आपूर्ति गुणस्तर र भरपर्दो हुने केन्द्र प्रमुख द्रुभराज कार्कीले बताए । आर्थिक वर्ष (आव) २०७६/७७ मा ठेक्का आह्वान भएको सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

‘सबस्टेसनको अहिले परीक्षण भइरहेको छ, परीक्षणको चरणमा सेटिङहरूमा समस्या आउँदा ट्रिपिङ भइरहेको छ’, उनले ऊर्जा खबरसँग भने, ‘भोलीदेखि नियमीत सेवा प्रवाह हुनेछ ।’

‘बिजुली ट्रिपिङ हुँदा स्थानीयहरूले पुरानै फिडरबाट सेवा प्रवाह गर्नु, यो नयाँबाट बत्ति आउने/जाने भयो भन्दै फोन गरिरहेका छन् । तर, यो सबस्टेसन उहाँहरूकै सेवा भरपर्दो र गुणस्तर बनाउनका लागि निर्माण गरिरहेको हो, भोलीबाट त्यस्तो समस्या हुँदैन’ उनले थपे ।

यो क्षेत्रमा यसअघि बनेपा सबस्टेसनबाट करिब १३५ किलोमिटर लामो फिडरमार्फत सेवा प्रवाह भइरहेको थियो । फिडर लामो भएकोले भोल्टेज र ट्रिपिङमा समस्या थियो । यो सबस्टेसन सञ्चालनमा आएसँगै भोल्टेज र ट्रिपिङको समस्या समाधान हुनेछ ।

सबस्टेसनमा पुरानै ट्रान्सफर्मर जडान गरिएको छ । यो सबस्टेसनको काम सम्पन्न गर्न करिब १ करोड रुपैयाँ खर्च भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit