विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत लाइन ७ घन्टा काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले वितरण लाइनको मर्मत गर्न शुक्रबार विद्युत लाइन काट्न लागेको हो ।

भरतपुर महानगरपालिका अन्तर्गत कल्याणपुर फिडरको लाइन काटेर मर्मत गर्न लागिएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । उनका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत लाइन काटिनेछ ।

लाइन काटेर बैकुण्ठ चोकदेखि धर्मचोक क्षेत्रमा ११ केभी फिडरको कन्डक्टरको स्तरोन्नति गरिने उनले बताए । लाइन मर्मत अवधिभर बैकुण्ठ चोक, कचपचे चोक, टाइगर चोक, विकास चोक, प्रेमबस्ती चोक, सीताराम चोक, कैलाश नगरलगायत स्थानको विद्युत सेवा प्रभावित हुनेछ ।

लाइन मर्मतको काम पूरा भएपछि साँझ ५ बजेबाट विद्युत आपूर्ति नियमित गरिने वितरण केन्दले जनाएको छ । प्राधिकरणले लोडसेडिङ अन्त्यपछि सबस्टेसनको स्तरोन्नति तथा वितरण लाइनको मर्मत गर्न सार्वजनिक सूचना जारी गरेर विद्युत लाइन काट्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit