विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हलेसी हाइड्रो पावर प्रालिले ५.४ मेगावाटको रावा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले खोटाङ जिल्लाको रावा खोलामा पहिचान भएको आयोवजना अघि बढाउन तयारी गरेको हो ।

जिल्लाको ऐँसेलुखर्क गाउँपालिका, रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलाको पानीको प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको निर्माण अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र सरोकारवाला निकायहरुलाई लिखित राय/सुझाव पेश गर्न माग गरेको छ । 

प्रस्तावित आयोजनाको संरचनाहरू रावा खोलाको दायाँ र बायाँ किनारमा पर्नेछ । आयोजनाको मुख्य संचनाहरू हुँदै पानीलाई विद्युतगृहमासम्म पुर्‍याइनेछ । विद्युत् गृहमा २ वटा होरिजेन्टल फ्रान्सिस टर्वाइन रहनेछन् र प्रत्येकको क्षमता २.७ रहनेछ । 

२.७ मेगावाट रेटेड आउटपुट क्षमता र ६६ केभी जेनेरेसन भोल्टेज भएका दुइवटा सिंक्रोनस जेनेरेटर मार्फत ६.१ घनमिटर मानीको प्रयोग गरी विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ३१.७१२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत ५.५ किलोमिटरको दूरीमा रहेको बक्सिला सबस्टेसन जोडि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit